Header Ads


वालमैत्री शासनसम्बन्धी अभिमुखीकरण

हेटौंडा, २९ जेठ/जिल्ला समन्वय समितिको आयोजनामा हेटौंडामा वालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधी एवम् वालमैत्री स्थानीय निकाय घोषणा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधी र सञ्चारकर्मीको लागि आयोजना गरिएको अभिमुखीकरणमा सहजकर्ता बिष्णुप्रसाद चतुर्वेदीले सहजीकरण गरिरहेका छन् । कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिको कार्यालय मकवानपुरका निमित्त स्थानीय विकास अधिकारी सोमराज तिमिल्सिनाको अध्यक्षतामा भएको थियो ।
सहजकर्ता चतुर्वेदीले वालमैत्री स्थानीय शासनको आवश्यकता, महत्वलगायतको विषयमा सहजीकरण गरिरहेका छन् । अभिमुखीकरणमा बालबालिकाको क्षेत्रमा क्रियाशील सरकारी, गैरसरकारी निकायका प्रतिनिधीहरुसँगै सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको छ । मुलुक नयाँ
संरचनामा गएसँगै स्थानीय तहसमेत वालमैत्री बन्न सकोस्, यसका लागि सबै सरोकारवालाको ध्यान जान सकोस् भन्ने उद्देश्यले अभिमुखीकरणको आयोजना गरिएको जिल्ला समन्वय समितिको कार्यालयका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले जानकारी दिए ।
Powered by Blogger.