Header Ads


आश्रममा दम्पत्तीको सहयोग

हेटौंडा, २९ जेठ/मानव सेवा आश्रममा एक दम्पत्तीले सहयोग प्रदान गरेका छन् ।
सोमबार हेटौडा १२ कल्यणटारका लक्ष्मण पाठक र प्रतिमा सुवेदिले मानवसेवा आश्रममा नै पुगेर नगद ५ हजार रुपैयाँ सहयोग गरेका छन् । दाम्पत्य जीवनको सुरुवातको खुसियालीमा पाठक दम्पतिले मानवसेवा आश्रममा सहयोग गरेका हुन् ।यस्तै,  हेटौडा ११ नवलपुरका शुकदेव विश्वकर्मा र सरस्वति विश्वकर्माले आश्रममा आश्रितहरुका लागि एक छाकको खाना सहयोग गरेका छन् । उनीहरुले विहानी खानाको सहयोग गरेका आश्रमले जनाएको छ । 
Powered by Blogger.