‘परम्परागत अन्धविश्वासले हिँसालाई प्रश्रय’
हेटौंडा, २९ जेठ/राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष भगवती घिमिरेले नेपाली समाजमा रहेको अन्धविश्वास एवम् परम्परागत सोचले महिलाहरु हिँसा सहन बाध्य रहेको बताएकी छिन् ।
आयोगले सोमबार हेटौंडामा गरेको प्रथा, परम्परा तथा सामाजिक कुरीतीका कारण महिलामाथि हुने हिँसा विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् । कमजोर आर्थिक अवस्था एवम् पारिवारिक समस्याका कारण धेरै महिलाहरु आफूलाई परेको अन्याय एवम् हिँसाका घटनाहरु सहेर बस्न बाध्य रहेको उनले बताइन् । ‘बहुविवाह, जबरजस्ती करणी तथा हिँसाका घटनाहरु बढेको बढ्यै छन्’, कार्यबाहक अध्यक्ष घिमिरेले भनिन्, ‘उजुरी धेरै आउन सकेका छैनन् । अझै धेरै महिलाहरु हिँसा सहेर बस्न बाध्य छन् ।’
उनले हिँसा नसहन र हिँसाको बिरोध गर्न सबैलाई अनुरोध गरिन् । ‘यस्ता घटनामा आफ्ना आफन्त परे भनेर लुकाउन खोज्नु गलत हो’, उनले थपिन्, ‘हिँसा गलत हो । सबैले गलत भन्न सक्नुपर्दछ ।’ यस्तै, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले महिलाको लागि अहित हुने खालका कुरीति एवम् कू–संस्कार अन्त्य तर्फ लाग्नुपर्नेमा जोड दिए । चेतना एवम् शिक्षाको कमीको कारण पनि महिलाहरु हिँसामा पर्ने गरेको भन्दै उनले यसलाई विशेष प्राथमिकता दिनुपर्ने औंल्याए ।
यता जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक बसन्तकुमार लामाले प्रहरीले कुनैपनि घटनामा राजनीतिक दवावमा काम नगर्ने बताउँदै दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी सदैव तत्पर रहेको बताए । महिला तथा बालबालिका कार्यालय मकवानपुर प्रमुख शोभा शाहले हिँसा नसहन र विरोध गर्न अनुरोध गरिन् । कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि जुनेली श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज कुमारी मोक्तान, नयाँ शक्ति नेपाल पार्टीका नेता सोनामसिँ स्याङ्तान विजय, जिल्ला सरकारी वकिलको कार्यालयका न्यायाधीवक्ता हरिप्रसाद भट्टलगायतले महिलास“ग सम्बन्धित कानुन धेरै भएपनि फितलो रहेको, हिँसाजन्य घटनामा संलग्न हुनेलाई कडा कारबाहीको व्यवस्था हुनुपर्नेलगायतको धारणा राखे । कार्यक्रमका अन्य सहभागीहरुले पुरुषहरुले समेत सचेत हुनुपर्ने, महिलाहरु बहकाउमा परेर मुद्दा फिर्ता लिने गरेको, हिँसाका घटनामा पर्दा समेत त्यसलाई सामान्य रुपमा लिने गरेकोलगायतका विषय उठान गरेका थिए । कार्यक्रममा विभिन्न सरकारी एवम् गैर सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधी, सञ्चारकर्मीलगायतको उपस्थिती थियो ।