यमनविरुद्धको खेलमा मकवानपुरका तीन खेलाडी
हेटौंडा, २९ जेठ/आज काठमाडौंमा हुने एएफसी एसियन कप छनोट चरण अन्तर्गत यमनविरुद्धको दोस्रो खेलको लागि मकवानपुरका ३ खेलाडी अटाएका छन् ।
अखिल नेपाल फुटबल संघले सोमबार सार्वजनिक गरेको अन्तिम २३ जनाको नाममा मकवानपुरका ३ जनाको नाम अटाएको हो । अञ्जन बिष्ट, एलन न्यौपाने र सुनिल बल अन्तिम २३ मा परेका छन् । अञ्जन र सुनिल मिडफिल्डर हुन भने एलन गोलरक्षक हुन् ।
केहीदिन अघि भएको भारतविरुद्धको मैत्रीपूर्ण खेलमा रहेका २० खेलाडीबाट ६ खेलाडी थपिएका छन् भने ३ खेलाडीले स्थान गुमाएका छन् । टोलीमा नयाँ सदस्यका रुपमा गोलरक्षक एलन, डिफेन्डर मानबहादुर तामाङ, दिनेश राजवंशी, मिडफिल्डर सुनिल र फरवार्ड अनिल गुरुङ आएका छन् । पछिल्लो २ खेलमा टोलीमा नअटाएका कप्तान अनिल गुरुङ पनि यसपटक टोलीमा अटाएका छन् । भारत जाने टोलीबाट फरवार्ड सुमन लामा, डिफेन्डर बिमल बस्नेत र गोलरक्षक विशाल श्रेष्ठ टोलीमा परेनन् ।
एन्फाले सार्वजनिक गरेको खेलाडीमा अञ्जन, एलन र सुनिलसँगै गोलरक्षकतर्फ किरण कुमार लिम्बु र विकेश कुथु, डिफेन्डरतर्फ बिराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देबेन्द्र तामाङ, जितेन्द्र कार्की, दिनेश राजवंशी, मानबहादुर तामाङ, मिडफिल्डरतर्फ बिशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ, राजेन्द्र रावल, हेमन्त थापा मगर, रोहित चन्द तथा फरर्वाडतर्फ भरत खवास, नवयुग श्रेष्ठ, बिमल घर्ति मगर र अनिल गुरुङ रहेका छन् ।