राष्ट्रपति रनिङ शिल्डको क्षेत्रीय छनौट अनिश्चित
हेटौंडा, २९ जेठ/ क्षेत्रीय छनौट खेल बाँकी रहँदा स्थगित भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मिति दोस्रो चरणको निर्वाचन सरेपछि अझै टुङ्गो लाग्न सकेको छैन ।
गएको बैशाख १८ गते सम्पन्न गर्ने भनेर तोकिएको क्षेत्रीय छनौट प्रतियोगिता स्थानीय तहको निर्वाचनको कारणले गर्दा स्थगित भएपछि अहिलेसम्म प्रतियोगिताको मिति तय नभएको हो । जेठ ३१ गते दोस्रो चरणको निर्वाचन पश्चात असारको पहिलो हप्ता प्रतियोगिता सञ्चालन गरिने भनेपनि दोस्रो चरणको निर्वाचन असार १४ गते सरेपछि रनिङशिल्ड कहिले हुने भन्ने विषयमा अन्यौलता छाएको जिल्ला खेलकुद बिकास समितिका सचिव खुशराज दाहालले बताए ।
यसअघि असारको पहिलो हप्ता प्रतियोगिता सञ्चालन गर्ने अनौपचारिक जानकारी गराइएको थियो । मध्यमाञ्चलका १९ जिल्लाका खेलाडीहरु सहभागी हुने प्रतियोगिताका लागि मकवानपुरबाट कबड्डी, भलिबल, एथ्लेटिक्स, कराँते, उसु, तेक्वान्दो लगायतका खेलहरुका लागि ७२ जना खेलाडीहरु तयारी अवस्थामा रहेको पनि उनले स्पष्ट पारे । क्षेत्रीय छनौट खेलबाट छनौट भएका खेलाडीहरुलाई राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइने छ ।