Header Ads


हेटौंडामा बैंकिङ सेमिनार

हेटौंडा, २८ जेठ/ बैंकिङ क्षेत्रमा ‘करियर’ बनाउन चाहने विद्यार्थीको लागि आइतबार एक दिने निःशूल्क सेमिनार सम्पन्न भएको छ ।
हेटौंडा–४ पारिजातपथमा रहेको मनकामना इन्स्टिच्यूटको आयोजनामा भएको सेमिनारमा वाणिज्य तथा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका थिए । १७ वर्षदेखि काठमाडौंमा बैंकिङ सम्बन्धी शिक्षा, तालिम र कन्सल्टीङ सम्बन्धी कार्य गरीरहेको केएफ ए इन्स्टीच्यूटका महाप्रबन्धक किशु झाले सहभागीहरुलाई सहजीकरण गरेका थिए ।
हेटौंडामा वाणिज्य तथा व्यवस्थापन सकांयमा अध्ययनरत विद्यार्थीहरु
बढीरहेकोले बैंकिङ् सम्बन्धी तालिम प्रदान गरिएको आयोजकले जनाएको छ । केएफए इन्स्टीच्यूटसँग सहकार्य गरी बैंकर उत्पादन गर्ने उद्देश्यले मनकामना इन्स्टीच्यूटले असारको पहिलो हप्ताबाट यो कक्षा सञ्चालन गर्न लागेको इन्स्टीच्यूटका सञ्चालक रुपक पौेडेलले जानकारी दिए । आइतबार भएको निःशूल्क सेमिनारमा मकवानपुरका विभिन्न क्याम्पसमा अध्ययनरत ३ सय ५० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
Powered by Blogger.