Header Ads


न्यौपानेको राजीनामा स्वीकृत

गणेश थापा राप्रपाको अध्यक्ष

हेटौंडा, २८ जेठ÷ राप्रपा मकवानपुरको अध्यक्षमा सांसद् एवम् पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाका भाई गणेश थापा चयन भएका छन् ।
जिल्ला अध्यक्ष रामहरी न्यौपानेले घरायसी कारण देखाउँदै शनिबार राजीनामा दिएपछि आईतबार बसेको
राप्रपाको जिल्ला कार्य समिति बैठकले थापालाई अध्यक्ष बनाउने निर्णय गरेको राप्रपाका नेताहरुले बताएका छन् ।
जिल्ला अध्यक्षमा निर्वाचित भएको ५ महिना नबित्दै न्यौपानेले घरायसी एवम् स्वास्थ्य समस्या देखाउँदै राजीनामा दिएका थिए । ‘शनिबारकै मिटिङले गणेश थापालाई पार्टी अध्यक्ष बनाउने निर्णय गरिसकेको हो’, राप्रपा मकवानपुरका प्रवक्ता रामकृष्ण तिवारीले भने, ‘रामहरि न्यौपानेले स्वास्थ्य अवस्था र व्यस्तताको कारण देखाउँदै राजीनामा दिएका हुन् । पार्टीका उपाध्यक्ष गुञ्जनबहादुर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले थापाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।’ राप्रपाका महामन्त्री राजाराम बर्तौला, केन्द्रीय सदस्य दीपकबहादुर सिँह, पूर्व केन्द्रीय सदस्य मधु अधिकारीलगायतको उपस्थितीमा बसेको बैठक बसेको हो । यस बिषयमा प्रतिकृया लिन खोज्दा गणेश थापाको फोन उठेन । यता अध्यक्षबाट राजीनामा दिएका न्यौपानेले आफूलेले थापालाई अध्यक्ष चयन गरेको हो । ‘मैले पार्टी छोड्न लागेको हैन । पूर्व अध्यक्षको रुपमा मेरो भूमिका रहने नै छ’, उनले भने, ‘म राप्रपामा नै रहने हो, मेरो राजीनामालाई गलत ढंगले नबुझ्न सबैलाई अनुरोध गर्दछु ।’ थापा करिब २० वर्ष अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्वमा रहेका थिए ।
एन्फा मै रहँदा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले थापामाथी भ्रष्टाचार गरेको आरोपमा १० वर्षका लागि निलम्बन गरेपछि थापा राजनीतिमा आएका हुन् । राप्रपाबाट मनोनित सांसद थापा पछिल्लो समय मकवानपुरे राजनीतिमा सक्रिय छन् । पहिलो चरणको स्थानीय निकायको चुनावमा मकवानपुरमा राप्रपाको लज्जासपद् पराजय पछि न्यौपानेलाई राजीनामाको लागि नैतिक दबाब परेको बताइन्छ । राप्रपामा व्यक्तिवादी सोच हावी भएको भन्दै केही पक्षहरु असन्तुष्टि रहेको अवस्थामा आएको न्यौपानेको राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ । आफू अध्यक्षबाट कुनै पनि दबाब नबाहिरिएको भन्दै उनले आफूमा कुनै  असन्तुष्टि पनि नरहेको र थापाको नेतृत्वमा राप्रपाले मकवानपुरमा नयाँ उचाइ लिने विश्वास व्यक्त गरे ।
Powered by Blogger.