Header Ads


राष्ट्रपति कार्यक्रमको अनुगमन

बकैया गाउँपालिका चुनौतिपूर्ण: दुवाडी

बकैया, १० /मकवानपुरको पूर्वी क्षेत्र राष्ट्रपति तराई चुरे संरक्षण कार्यक्रम लागू भएका स्थानमा कार्यको अनुगमन गरिएको हो ।
शनिबार जिल्ला वन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला भू–संरक्षण कार्यालय, वनस्पति कार्यालय, जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग र जिल्ला पशुसेवा कार्यालय मकवानपुरको आयोजनामा जिल्ला वन क्षेत्र समन्वय समितिको संयुक्त अनुगमन भएको हो । अनुगमनका क्रममा जिल्लाका ६ वटा कार्यालयले राष्ट्रपति तराई चुरे संरक्षण कार्यक्रम अन्तर्गत  बकैया नदी प्रणाली अन्तर्गत भएका कार्यक्रमहरुको अनुगमन पछि आयोजित सुनुवाई कार्यक्रममा  प्रमुख अतिथि रहेका मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले प्राकृतिक रुपले बकैयाँ गाउँपालिका चुनौती पूर्ण रहेको बताए । 
‘प्राकृतिक श्रोत विना विकास असम्भव भएको भन्दै सरकारी कार्यक्रमहरुमा समन्वय आवश्यक भएको छ।’ उनले भने– ‘दुरगामी पर्यावरण र थुप्रै खहरे खोलाले गाउँपालिकामा मिसिने भएकोले चुरे संरक्षण कार्यक्रम अन्तर्गत तटबन्धन कार्य समयमै सम्पन्न भएमा संयन्त्र रुपमा वरदान सावित हुने छ ।’
चुरे संरक्षण समिति केन्द्रीय विकास आयोजना भएको र उक्त समितिलाई सरकारले ह्याण्डल गर्ने भएकोले कुनै प्रभाव नपर्ने भएकोले संयन्त्रलाई ढुक्क भएर कार्य गर्न उनले आग्रह गरेका थिए । स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय  हेटौंडाका प्रमुख मनोहर रिजालले राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम अन्तर्गत बकैयाँ गाउँपालिका वडा नम्वर ४ र ५ मा तटबन्धनका लागि असारको पहिलो हप्ता सम्ममा २ करोड ७० लाख खर्च गरीसकेको बताए । आर्थिक वर्ष ०७४÷०७५ को लागि उक्त कार्यक्रमको निम्ति १२ करोड योजना केन्द्रमा पेश गरेको उनले बताए । जिल्ला भूसंरक्षण कार्यालय हेटौंडाका प्रमुख राजु दाहालले चुरे संरक्षण कार्यक्रम अन्तर्गत बैकया गाउँपालिकामा १ करोड ६० लाख बजेट विनियोजित भएकोमा १९ स्थानमा ठूलो  इनार योजना सम्पन्न भइसकेको बताए ।
जिल्ला पशु विकास कार्यालय मकवानपुरका डा। सुरेन्द्र पाण्डेले चुरे संरक्षण कार्यक्रम अन्तर्गत बकैया गाउँपालिकामा २० वटा गोठ सुधार, ५ वटा बाख्रा खोर सुधार र २५० केजी घाँस विकास सम्बन्धी कार्यक्रम सञ्चालन गरेको बताए । जिल्ला कृषि कार्यालय हेटौंडाका शिवराज पौडेलले ७५ प्रतिशत अनुदानमा विरुवा वितरण भइरहेको
बताए ।
कार्यक्रममा जिल्ला वनस्पति कार्यालय हेटौंडाका राजेश तामाङ र जिल्ला वन कार्यालय मकवानपुरका राजेन्द्र न्यौपानले चुरे संरक्षण कार्यक्रम अन्तर्गत भएका कामको बारेमा
जानकारी दिएका थिए । अनुगमन टोलीमा नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइराला, राप्रपा मकवानपुरका नेता सिताराम बर्तौला, नयाँ शक्ति पार्टी बकैयाँ गाउँपालिकाका नेता नवराज चौलागाई एवम् सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
Powered by Blogger.