जनप्रतिनिधहरुलाई स्थानीय तह सञ्चालन अभिमुखकिरण
बकैया, १० असार/स्थानीय तह निर्वाचनबाट निर्वाचित मकवानपुरका जनप्रतिनिधिहरुलाई स्थानीय तह सञ्चालन अभिमुखकिरण सुरु गरिएको छ ।
मकवानपुरको बकैया गाउँपालिका र गाउँ सभाका पदाधिकारीहरुको लागि स्थानीय तह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम शनिबारबाट छतिवनमा सुरु भएको हो । कार्यक्रममा नागरिकता र नागरिकता सिफारिश गर्दा अपनाउने विधि, प्रक्रिया र आवश्यक कागजातको बारेममा
मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद दुवाडीले सहजीकरण गरेको थियो ।
यस्तै मकवानपुरका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीले योजना तर्जुमा र महिला विकास अधिकृत शोभा शाहले समावेशीकरणका बारेमा प्रशिक्षण दिएका थिए । यसैगरी गाउँपालिकाका कार्यकारी अधिकृत सुरेन्द्र प्रधानले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवथापन सम्बन्धी सहजीकरण गर्नु हुने भएको छ । साथै नेपालको संविधानमा व्यवस्था भएको स्थानीय तहको अधिकार र भुकम्प पीडितहरुको दोश्रो किस्ताका बारेमा बनाउँदा आइतबार जानकारी गराइने भएको छ । बकैयाँ गाउँपालिका अध्यक्ष दामोदर खानलको अध्यक्षतामा भएको कार्यक्रममा बकैया गाउँपालिकाका ६४ जना निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।