वडास्तरीय शैक्षिक अन्तरक्रिया
हेटौंडा, १० असार/४ नम्बर वडाका निर्वाचित जनप्रतिनिधिले वडास्तरीय शैक्षिक अन्तरक्रिया गरेको छ ।
सरकारी विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक अभिभावक संघका अध्यक्षको भेला गरी शुक्रबार अन्तरक्रिया गरेको हो । ४ नम्बर वडाका अध्यक्ष नविन सिग्देलको अध्यक्षतामा अन्तरक्रिया भएको हो ।
अन्तरक्रियामा आधुनिक राष्ट्रिय माविका सहायक प्रधानाध्यापक वीरवंश बैठा, भुटनदेवी माविका प्रधानाध्यापक माधवप्रसाद दाहाल र श्रमिक माविका सहायक प्रधानाध्यापक देवेन्द्र ठाकुरले विद्यालयको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । वडामा रहेका सरकारी विद्यालयहरुको अवस्थाका बारेमा बुझ्ने र शैक्षिक सुधारका लागि के कस्ता काम गर्न सकिन्छ भनेर बुझ्नका लागि अन्तरक्रिया गरिएको वडा अध्यक्ष नविन सिग्देलले बताए । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आगामी दिनमा उचित योजना बनाउन सबैको सल्लाह र सुझाव संकलन गर्ने उद्देश्यले आयोजना
गरिएको कार्यक्रममा नवनिर्वाचित वडा सदस्यहरु र राजनीतिक दलका वडास्तरीय नेताहरुको पनि उपस्थिति रहेको थियो ।
अन्तरक्रियामा आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक ऋषिराम पोखरेलले विद्यालयको शैक्षिक तथा समग्र विकासमा प्रधानाध्यापकको भूमिका महत्वपूर्ण हुने बताए। उनले प्रधानाध्यापकले राम्रँे पढाउने र अरुलाई पनि पढाउन प्रेरित गर्नुपर्ने बताउ“दै समग्र सुधारको योजना प्रधानाध्यापकस“ग हुनुपर्ने स्पष्ट पारे । आधुनिकले स्रोत, साधन र जनशक्तिको अभावका बीच पनि उत्कृष्ट नतीजा हासिल गर्न सफल भएको दावी गर्नुहु“दै प्रधानाध्यापक पोखरेलले अरुलाई दोष लगाएर आफ्नो जिम्मेवारी भुल्ने शिक्षकहरुका कारण सरकारी विद्यालयको नतीजा खस्किएको बताए।