Header Ads


दुईदिने अभिमुखीकरण

हेटौंडा, १० असार/आदिवासी जनजातिको सवाल, अधिकार र कर्तव्य सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम हेटौंडामा शुरु भएको छ ।
कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरको सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरले आयोजना गरेको हो । कार्यक्रमको उदघाटन नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय सचिव राजकुमार बोटेको प्रमुख आतिथ्य तथा मकवानपुर अध्यक्ष तीर्थबहादुर थापा मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सामाजिक बिकास अधिकृत रामकृष्ण थापाको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा अधिबक्ता अरुण खतिवडा, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका सल्लाहकार एवम् प्राध्यापक मधुकरसिँ गलामी मगर र सहसचिव जंगबहादुर गुरुङले सहजिकरण गरेका छन् ।
कार्यक्रममा संघीय संरचना अनुसार आदिवासी जनजातिको हक अधिकार तथा संघीय प्रणालीमा बिभिन्न तहको काम, कर्तव्य र अधिकार, आदिवासी जनजातिको अवस्था, अधिकार तथा नेतृत्व र क्षमता विकास सम्बन्धी प्रशिक्षण दिएको थियो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष लिलाकुमार घलान, थारु कल्याणकारिणी सभाका जिल्ला सभापती हरिलाल चौधरी, नेपाल कुमाल समाज सुधार समितीका जिल्ला अध्यक्ष भैरवबहादुर कुमाल, नेवा देय् दबुःका जिल्ला अध्यक्ष योगेश बहादुर श्रेष्ठ, नेपाल मगर संघका जिल्ला कोषाध्यक्ष उपेन्द्र मगर, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका सल्लाहकार नन्दरत्न स्थापित लगाएतको आतिथ्य रहेको थियो ।
Powered by Blogger.