‘सर्वर’ले धोका दिँदा मालपोतमा काम ठप्प
हेटौंडा, २५ भदौ/गत साउन १ गतेबाट अनलाइन सिष्टममा गएको जिल्ला मालपोत कार्यालय मकवानपुरमा सर्वरले धोका दिएको भन्दै बेला बखतमा सेवाग्राहीको काम रोकिँदै आएको छ । यस्तैमा गत बुधबारदेखि सेवाग्राहीको काम नभएको पाइएको छ । जग्गाको विभिन्न काम लिएर मालपोत कार्यालय पुगेका सर्वसाधारणहरु काम नभएपछि आईतबार पनि त्यसै फर्किन बाध्य भएका छन् ।
दिनभर काम होलाकी भनेर बसेका सेवाग्राहीलाई अपरान्ह करिब साढे ४ बजे मात्र प्रमुख मालपोत अधिृकत मुक्ति नारायण भण्डारीले ‘आज काम हुँदैन’ भन्ने जानकारी गराएका थिए । जग्गाको कामले बिहान १० बजे नै मालपोत कार्यालय पुगेका हेटौंडाका सुनिल गिरीले दिउँसो अबेरसम्म पनि काम नभएपछि जिल्लाका पत्रकार हरुलाई बोलाएर समस्याको विषयमा जानकारी गराएका थिए । ‘बिहानदेखि कुरेको कु¥यौँ भयौँ । सर्वर नचल्ने, काम नहुने भए बेलैमा जानकारी दिनुपथ्र्यो, आज चल्दैन भने कहिलेबाट चल्छ त रु त्यो त जानकारी दिनुप¥यो नि’, आक्रोशित मुद्रामा उनले भने, ‘आज मात्र होइन, यो अनलाइन सिष्टममा गएदेखि नै यो समस्या आइरहेको छ ।’
विभिन्न समस्यामा परेर जग्गा किन्न आएकाहरु झनै ठूलो समस्यामा परेको गिरीले बताए । यस्तै लेखापढी कानुन व्यवसायी लोकतान्त्रिकका अध्यक्ष हिरामणि ढुङ्गेलले सर्वसाधारणलाई छिटो छरितो सेवा दिनको लागि सञ्चालन गरिएको अनलाइन सिष्टमले झनै समस्या पारेको बताए । पटक पटक यसको विषयमा सरोकारवालालाई जानकारी गराउँदा पनि कुनै वास्ता नभएको बताए । यता प्रमुख मालपोत अधिृकत मुक्तिनारायण भण्डारीले समस्या समाधानमा यहाँबाट केही गर्न नसकिने भन्दै माथिल्लो निकायमा जानकारी गराएको बताए । ‘यसअघि यस्तो समस्या आएको थिएन । बुधबारदेखि कामै ठप्प भैरहेको छ । हामीले सम्बन्धित निकायमा जानकारी गराइसकेका छौँ’, उनले भने, ‘भोलि ९सोमबार० सम्ममा समस्याको समाधान हुन्छ भन्ने आस्वासन पाएका छौँ ।’ सर्वरमा आएको समस्याको कारण सेवाग्राहीसंगै कार्यालयका कर्मचारीलाई समेत मार परेको उनले बताए ।