हिन्दु अधिराज्य स्थापनाको लागि आन्दोलन
इनरुवा, २१ भदौ/बृहद राष्ट्रबादी मोर्चाको नामबाट केही समयदेखि राजनीति गरिरहेका सुनसरी सदरमुकाम इनरुवाको निर्माणमा अग्रणी भूमिका रहेका स्वर्गिय दिलबहादुर श्रेष्ठका जेठा छोरा सिनेट श्रेष्ठको अगुवाईमा नेपालको आर्थिक राजधानी बीरगञ्जबाट हिन्दू अधिराज्य स्थापनाको आन्दोलन सुरु भएको छ ।
इनरुवालाई केन्द्र बनाएर राजनीति गर्दै आएका सिनेट स्थानीय तहको निर्वाचन अघि देखि नै इनरुवा छाडेर बीरगञ्ज, नयाँ दिल्ली र काठमाडौमा डेरा जमाएर बसेका थिए । त्यहाँ रहेर उनले शिव सेना, बिद्धत परिषद, राष्ट्रिय सरोकार मञ्ज, विश्व हिन्दु महासंघ, श्रीराम हनुमान मण्डल, हिन्दु पुर्नस्थापना मञ्च, नागरिक संघर्ष समिति, नेपाल राष्ट्रबादी संघ र बृहद राष्ट्रबादी मोर्चालाई संगठित गरेर हिन्दु अधिराज्य स्थापना आन्दोलन समिति गठन गरेर आन्दोलनको सुरुवात गरेका हुन । अनिल बस्नेत (बाबा)को संयोजकत्वमा गठित आन्दोलन परिचालन समितिको संयोजनमा सोमबारबाट आन्दोलन सुरु गरिएको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार सोमबार र मंगलबार साँझ बीरगञ्ज बजारमा बृहद प्रर्दशन गरिएको छ । आन्दोलन अन्र्तगत केही दिन जनपरिचालनसहितको प्रर्दशन गर्ने र त्यसपछि पनि आफ्नो मागहरु नसुने र दवाउन खोजे बीरगञ्ज भन्सारबाट हुने आयात निर्यात ठप्प पार्नेदेखि नेपाल बन्द गर्ने सम्मको आन्दोलन अघि बढाउने
तयारी रहेको उनले जानकारी दिए ।
श्रेष्ठले बीरगञ्जबाट सुरु भएको आन्दोलनलाई क्रमसः देशब्यापी बनाउने बताउँदै दोस्रोचरणमा काठमाडौबाट पनि आन्दोलन सुरु गर्ने तयारी भईरहेको बताए । उनीहरु आन्दोलनलाई नेपालका प्रतिष्ठित धर्मगुरुहरु श्रीनिवाससहितले प्रत्यक्ष सहयोग गरिरहेका छन । श्रेष्ठले भने, ‘यो
राजासहितको हिन्दु अधिराज्य स्थापनाको निर्णायक आन्दोलन हो । अब यो आन्दोलन नतिजा विना सकिदैन ।’ (स्रोतःवर्णमाला)