सुपथ मूल्य पसल सञ्चालनमा
हेटौंडा, २१ भदौ/विगत वर्ष झंै यस वर्ष पनि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड हेटौंडा शाखाले चाडपर्वलाई लक्षित गरी सुपथ मूल्यको पसल हेटौँडाको खोपेगल्लीमा बुधबारबाट सञ्चालन भएको छ ।
नेपाल सरकारको नीति अनुरुप वडा दशैँ, शुभदीपावली र छठ पर्वलाई लक्षित गरी भदौ २१ गतेदेखि छठ पर्वसम्मका लागि सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडा कार्यालय प्रमुख सैलेशकुमार पाण्डेले जानकारी
दिए । मकवानपुरका उपभोक्तालाई सरल र सहज हुने गरी चिनी र नुन प्रति व्यक्ति ६÷६ केजी मात्र प्रदान गरिने उनले जानकारी दिए । चिनी र नुन क्रमश ः प्रति केजी ७७।५० र १८ रुपैयाँका दरले बिक्री हुने जानकारी दिइएको छ । ‘अहिले व्यवसायले चिनी प्रति किलो ८५ देखि ९० रुपैयाँसम्म बिक्रि गरीरहेका छन्,’ उनले भने,‘सुपथ मूल्य पसलले प्रभाव पार्ने भएकोले अब व्यवसायीले ८५ रुपैयाँमा उपभोक्तालाई बिक्रि गरीरहेका चिनी ८२ रुपैयाँमा बेच्छन् ।’
नेपाल सरकारले साल्ट ट्रेडि· कर्पोरेशनको कार्यालयको कक्षमा सुपथ मूल्य पसल सञ्चालन गर्नु भनिएता पनि कार्यालय हेटौंडा औद्योगिक क्षेत्रको भित्रमा रहेकोले गर्दा उपभोक्तालाई मध्यनजगर गरी विगत ५ वर्षदेखि हेटौंडाको खोपेगल्लीमा पसल सञ्चालन गरीरहेको कार्यालयले जनाएको छ । कार्यालयले सुपथ मूल्य सञ्चालन गर्दा उपभोक्ताहरु बढी लाभान्वित हुने गरेको छ ।