फुटसल प्रतियोगितामा २४ विद्यालयको सहभागिता
हेटौंडा, २१ भाद्र/ शुक्रबारबाट सञ्चालन हुने अन्डर १६ विद्यालय स्तरीय फुटसल प्रतियोगितामा २४ विद्यालयले सहभागिता जनाउने भएका छन् ।
आयोजक हेटौंडा फुटसलले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी दुईदिनसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका संस्थागत तथा सामूदायिक गरी २४ विद्यालयले टिम दर्ता गरेको जनाएको छ । नेपाल सरकारका पुर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले उद्घाटने गर्ने प्रतियोगितामा फुटबलका राष्ट्रिय खेलाडीहरु बिमल घर्ती मगर, अन्जन बिष्ट, रन्जन बिष्ट, एलन न्यौपाने, सुनिल बल लगायतलाई सम्मान गरिने प्रतियोगिताका कार्यक्रम संयोजक निरजसिंह ठकुरीले जानकारी दिए । प्याब्सन मकवानपुरको सहकार्यमा हुने प्रतियोगितामा प्रथम र द्वितीय हुने विद्यालयलाई नगद ३० हजार र २० हजार रुपियाँसहित ट्रफी प्रदान गरीने छ भने उत्कृष्ट खेलाडीलाई जियोनी मोबाइल प्रदान गरिने छ ।
प्रतियोगिताम प्रथम पुरकार हेटौडा सिटी कलेज, द्वितीय पुरस्कार रस्सल एकेडेमी, उत्कृष्ट विद्यालय हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ ले प्रायोजन गरेको आयोजकले जानकारी दिएको छ ।