Header Ads


चक्रपथ सरसफाई गर्दै मकवानपुरका कुँवर

‘हेटौंडामा पनि सरसफाई गर्ने छौँ'

हेटौंडा, २० भदौ/मकवानपुरको बसामाडी लेवट घर भएका ताराबहादुर कुँवरको अगुवाईमा काठमाडौंको चक्रपथलाई हराभरा बनाउने योजना अनुसार चक्रपथको सरसफाई भइरहेको छ ।
पहिलो पटक चक्रपथको बाफलबाट सरु भएको अभियान अहिले शिवचाटारदेखि कलंकीसम्म पेटीसरसफाई भइरहेको छ । चक्रपथ सफाई अभियानका अभियन्ता हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँंवरको अगुवाईमा अभियान सुरु भएको हो । ‘चक्रपथ सरसफाई अभियानको यो चौथो हप्ता हो’ कुँवरले भने –‘कलंकीसम्म पेटीसरसफाई सिद्धिएपछि सितापाइलाचोकसम्म सरसफाई परिचालन गर्दैछौँ । काठमाडौं चक्रपथ सरसफाई अभियान सकिएपछि हेटौंडा उपमहानगरपालिकाको सरसफाई अभियान सञ्चालन गर्ने छौँ ।’ बाग्मती सरसफाई पछि चक्रपथ सरसफाई गरेदई हप्ता अगाडि पहिलो पटक बाफलबाट स्युचाटार पुलसम्म सरसफाई गरिएको थियो । सडकमा भएको ढुलो बढार्ने, सडक छेउमा रहेका झारपाट काट्ने, चक्रपथ आसपासका फोहोर संकलन गर्नेलगायतको सफाईको काम भएको उनले बताए ।
सफाई अभियान हरेक शनिबार विहान सात बजेदेखि नौ बजेसम्म दुई घण्टा सञ्चालन गर्ने योजना रहेको चक्रपथ सफाई अभियानका अभियन्ता कुँंवरले बताए । ‘हामी झार खान्छौ तर हार खाँंदैनौ’, अभियन्ता कुँंवरले भने, ‘चक्रपथलाई सफा गरी हराभरा योजना बनाएर छाड्ने छौँ ।’ ‘कुनै सरकारी, गैरसरकारी संस्थाबाट सहयोग नभई व्यक्तिगत रुपवाट नै सफाई अभियान सुरु गरिएका छौँ । सफाई अभियानमा चक्रपथ ओरपरका कसैको पनि व्यक्तिगत स्वार्थ छैन, समाजकै लागि हो । सफाईका लागि आवश्यक ज्याकेट, पंन्जा, माक्स, डोको, सावेललगायत खानेपानी सवै सामुहिक रुपमै व्यवस्था गरिएको छाँै ।’– उनले भने । चक्रपथ सफाई तथा हरियाली अभियान अन्तर्गत दुई वर्ष अगाडि सात हप्ता यस्तै सफाई अभियान चलेको थियो तर चक्रपथ विस्तार सञ्चालनको खवरपछि अभियान रोकिएको उनले बताए । 
    चक्रपथमा बढ्दो सवारी चाप एवं मानिसको चापका कारण दिन प्रतिदिन बढदो फोहर र धुलोका कारण सर्वसाधारण एवं पर्यटकहरुलाई आवागमनमा सास्ती पुगेका कारण चक्रपथ सफाई अभियानको थालनी गरिएको हो । हाम्रो अभियान केवल चक्रपथ सफा गर्ने मात्र नभएर पुरै काठमाण्डौ उपत्यका हराभरा बनाउने हो जसका लागि सवै एक जुट हुन आवश्यक रहेको उनको भनाइ रहेको थियो । सरसफाई अभियानमा नेपाल आर्मी, सशस्त्र प्रहरी र स्थानीयको सहभागिता रहेको छ ।
Powered by Blogger.