मङ्गलबारबाट अष्टकुमारी टि–२० क्रिकेट
हेटौँडा, ६ मंसिर/हेटौंडा जेसीजले प्रत्येक बर्ष सञ्चालन गर्दै आएको अष्टकुमारी स्मृति टि–२० क्रिकेट प्रतियोगिता यहि ८ गतेबाट हुने भएको छ ।
हेटौंडा जेसीजका पूर्व अध्यक्ष पूर्ण शाक्यको आमाको स्मृतिमा जेसीजले विगत तीन बर्षदेखि यस प्रतियोगिता सञ्चालन गर्दै आएको छ । ८ गतेबाट सुरु हुने प्रतियोगितामा जिल्लाका ६ देखि ८ वटा टोलिले सहभागिता जनाउने आयोजकको विश्वास रहेको छ । प्रतियोगिताको विजेता र उपविजेता टोलिले क्रमश ः नगद १५ हजार र १० हजार रुपैंयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने हेटौंडा जेसीज बर्ष–२०१५ का अध्यक्ष दीपकराज मिश्रले जानकारी दिए । त्यसैगरी प्रतियोगिताको अनुशासित टीमले नगद १० हजार रुपैंया प्राप्त गर्नेछन् भने उत्कृष्ठ ब्याट्सम्यान र बलरलाई समेत पुरस्कारको व्यवस्था
गरिएको छ । हेटौंडा जेसीजका पूर्व अध्यक्ष पूर्ण शाक्यले आफ्नो आमाको स्मृतिमा खडा गरेको कोषको रकमले प्रतियोगिता सञ्चालन गरिने र प्रतियोगिता सम्पन्न गराउन एकलाख ५० हजार रुपैंया खर्च लाग्ने अध्यक्ष मिश्रको भनाई छ । जेसीजका निवर्तमान अध्यक्ष कविन साङ्गामीले प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढाइएको जानकारी गराउँदै जिल्लामा कृयाशिल विभिन्न क्लवलाई प्रतियोगितामा सहभागिता जनाउन अनुरोध गरे ।
प्रतियोगितामा क्रिकेट संघ मकवानपुरले समेत आवश्यक सहयोग गर्ने बताइएको छ ।
