Header Ads


कबड्डी कबड्डीको टोलि हेटौंडामा

हेटौँडा, ६ मंसिर/यहि मङ्सीर ११ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र कबड्डी कबड्डीको प्रचारमा हिँडेको चलचित्रको टोलि हेटौंडा आइपुगेको छ ।
आइतबार हेटौंडाको एनएस सिनेमा हलमा पत्रकार सम्मेलन मार्फत चलचित्रका कलाकार तथा निर्माताले चलचित्रको बिषयमा जानकारी गराएका छन् ।
एककरोड १० लाखमा निर्मँण गरिएको बताउँदै चलचित्रका निर्माता रौनकबिक्रम कंडेलले चलचित्र पारिवारिक एवम् मनोरञ्जनात्मक भएको बताए । पछिल्लो समय अरुको नक्कल गर्दै चलचित्र निर्माण भैरहेको अवस्थामा कबड्डी कबड्डी विशुद्ध नेपाली गाउँले परिवेशको तर मनोरञ्जनलाई प्राथमिकतामा राखेर निर्माण गरिएको उनको भनाई छ । चलचित्रका नायक सौगात मल्लले यो चलचित्र यसअघिको कबड्डी कै
निरन्तर कथावस्तुमा आधारित भएको बताए । अर्का नायक निश्चल बस्नेतले पछिल्लो समय नेपाली दर्शकले चलचित्रको माध्यमबाट मनोरञ्जन खोजिरहेकोले दर्शकले चाहेको मनोरञ्जन कबड्डी कबड्डीमा पाइने ठोकुवा गरे । 
Powered by Blogger.