Header Ads


घरमै बाँधिएका अधिकारी मानवसेवा आश्रममा

हेटौँडा, ६ मंसिर/सडकमा कष्टकर जीवन बिताउन बाध्य रहेकाको उद्धार एवम् सेवा गर्ने उद्देश्यका साथ स्थापना भएको मानवसेवा आश्रममा पछिल्ला समय देशैभरका मानिसले आश्रय लिन थालेका छन् । 
आश्रमले दिने सेवाको बिषयमा थाहा पाएपछि नेपालको विभिन्न स्थानबाट मानसिक सन्तुलन गुमाएकाहरु यहाू ल्याइदिने गरेका छन् । आइतबार मात्रै पनि धादिङबाट घरमै बाँधेर राखेको अवस्थाबाट उद्धार गरी एक मनोरोगीलाई आश्रम ल्याइएको छ । धादिङको खरी गाविस–५ मा आफ्नै घरमा बाँधेर राखेको अवस्थाको ५३ बर्षीय इत्तबहादुर अधिकारीलाई स्थानीयले उद्दार गरी मानवसेवा आश्रम हेटौंडा ल्याएका हुन् । आश्रमको कामको बिषयमा विभिन्न संचार माध्यमबाट जानकारी भएपश्चात मानसिक रूपले कमजोर भै आफ्नै परिवारबाट तिरस्कृत भएका उनलाई स्थानीय राजन श्रेष्ठ, प्रेमबहादुर अधिकारी र जीतबहादुर अधिकारीले उद्दार गरि मानवसेवा आश्रम हेटौंडा लेराईदिएको अभियन्ता अंशु कार्कीले जानकारी दिइन् । 
यस्तै गत हरितालिका तीजको समयमा ईजरायलमा संकलन सामूहिक दर खाने कार्यक्रमबाट कटौती गरिएको २५ हजार रुपैंया आश्रमलाई सहयोग उपलब्ध भएको छ । ईजरायलमा कार्यरत नेपालीले आयोजना गरेको ‘हरितालिका तीज २०७२ ईजरायल’ को कार्यक्रमबाट कटौती गरी मागेर समेर खान नसक्ने, अशक्त, अनाथ, अपाङ्ग, असहाय एवम् विभिन्न उमेर समूहका सहयोगापेक्षीहरूको सडकपेटीबाट उद्दार, लालनपालन, औषधोपचार एंव पुनस्स्थापनाको सेवाकार्यमा सेवारत मानवसेवा आश्रमको सेवा कार्यलाई सहज र सरल बनाउन सहयोग गरिएको बताइएको छ । 
Powered by Blogger.