Header Ads


‘मकवानपुरको प्रशासन गैरजिम्मेवार’

हेटौँडा, ७ मंसिर/भारतले गरेको नाकाबन्दीको अवस्थामा जिल्लामा व्यवस्थापकीय भूमिका खेल्नुपर्ने प्रशासन गैरजिम्मेवार देखिएको र उचित कार्य गर्न नसकेको यहाँका राजनीतिक दलका नेताहरुले धारणा व्यक्त गरेका छन् ।
तराई आन्दोलन र भारतले गरेको नाकाबन्दीका कारण नेपाली जनता मारमा परिरहेको अवस्थामा पछिल्ला समय मकवानपुरमा पटक पटक साहारा ग्यास वितरण भैरहेको र नारायणी नेपाल ग्यास समेत एकपटक वितरण भएको थियो । बाबा, कोशी, अमरलगायतका कम्पनीको ग्यास प्रयोगकर्ता भने ग्यास पाउने आशामा बसिरहेको भएपनि जिल्ला प्रशासन कार्यालय मकवानपुर, उद्योग वाणिज्य संघलगायतका सरोकारवाला संस्थाको भूमिका गैरजिम्मेवारीपूर्ण भएको राजनीतिक दलको निष्कर्ष छ । 
नेपाली काँग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेले यो विषम् अवस्थामा प्रशासनको भूमिका महत्वपूर्ण रहने भन्दै ग्यास तथा इन्धन वितरण प्रक्रियामा प्रशासनको भूमिका फितलो देखिएको प्रतिक्रिया दिए । उनले यस बिषयमा सबै राजनीतिक दलले प्रशासनसंग बसेर छलफल गर्नु आवश्यक रहेकोमा जोड दिए । ‘साहाराको ग्यास प्रयोग गर्ने मात्र जनता हुन र ? उनले प्रश्न गर्दै भने, ‘कि प्रशासनले साहारा बाहेकका अन्य कम्पनीको ग्यास ल्याउनुप¥यो हैन भने मकवानपुरमा डिलर राख्ने को हुन, तिनलाई झिकाएर जनताले खेप्नुपरेको अप्ठेरोको बिषयमा कुरा गर्नुप¥यो ।’ यस बिषयमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाको भूमिका कमजोर देखिएको काँग्रेस सभापति न्यौपानेको भनाई छ । 
यस्तै नेकपा एमाले मकवानपुर संयोजक रामचन्द्र राईले बाबालगायतका ग्यासका कम्पनी छिमेकी जिल्ला चितवनलगायतका स्थानमा रहेको भएपनि प्रशासनले समन्वयकारी भूमिका खेल्न नसकेको बताए । ‘साहाराले आफ्नो कम्पनी यहिँ भएको भएर होला साहाराको मात्र ग्यास वितरण ग¥यो, यस्तो अवस्थामा आफ्नो ग्राहकलाई मात्र ग्यास दिने भनेर मात्र त कहाँ हुन्छ र ?’ राईले भने । प्रशासनले यस बिषयमा विकल्पको खोजी गर्नुपर्ने भएपनि त्यसो गर्न नसक्नु दुखद् भएको संयोजक राईको तर्क छ । 
यस्तै एकीकृत नेकपा माओवादी मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी छिन्तुले नाकाबन्दीको असर सर्वसाधारण जनतालाई मात्र भएको दावी गरे । ‘यो अवस्थामा अन्यत्र भन्दा मकवानपुरबासीलाई धेरै असर छ, यहाँको मुल नाका रक्सौल नै हो’,उनले भने, ‘अहिले पहुंचवालाले मात्र इन्धन ग्यास लगायतका वस्तु उपभोग गरिरहेका छन् । यो अवस्थामा प्रशासनको ठ्याक्कै कुनै भूमिका नै देखिएन ।’ नेपाली जनताले कहिलेसम्म सहने भन्ने निश्चित नभएको र धैर्यताको बाँध टुटेपछि ठूलो नोक्सानी व्यहोर्नुपर्ने छिन्तुको दावी 
छ । यता नेकपा माले मकवानपुरका सचिव भीमसेन महतले साहारा ग्यासका सञ्चालक शिव घिमिरे कम्पनीका सञ्चालक मात्र नभै ग्यास व्यवसायी संघका केन्द्रीय अध्यक्ष समेत भएकोले उनले यस बिषयमा गम्भिर ढङ्गले सोच्नु आवश्यक रहेको बताए । 
‘यो अवस्थामा शिव घिमिरेले व्यवस्थापकीय भूमिका खेल्नुपथ्र्यो तर त्यस्तो कुनै भूमिका देखिएन’ महतले भने, ‘प्रशासनले यो अवस्थामा संकटकाललाई नै प्रयोग गरेर आर्थिक मुनाफा गर्ने तर्फ लागेकोले मकवानपुरबासीले थप समस्या झेल्न परिरहेको देखिन्छ ।’ उनले प्रमुख जिल्ला अधिकारी थपलियालाई गैरजिम्मेवार प्रशासकको संज्ञा समेत दिए । 
Powered by Blogger.