Header Ads


पटका सहित व्यापारी पक्राउ

हेटौँडा, १८ कात्तिक÷तिहार पर्व नजिकि“दै गर्दा पटकालगायतका पदार्थको ओसारपसार बढ्न थालेको छ ।
मकवानपुर प्रहरीले विभिन्न थरिका पटका सहित एकजनालाई नियन्त्रणमा लिएको छ । बारा हरैया गाबिस वडा नम्बर–७ घर भै हाल हेटौंडा–४ मा पान पसल सञ्चालन गर्दै आएका २८ बर्षीय अजयप्रसाद केसरी पटकासहित पक्राउ परेका हुन् । 
प्रहरीको टोलिले केसरीको भान्साकोठामा लुकाई राखेको अवस्थामा ठूलो परिमाणको पटका नियन्त्रणमा लिएको छ । केसरीको कोठाबाट नागिन पटका एकहजार पा“चसय पाकेट, झुरझुरे पटका दुईसय ८० प्याकेट, इलेक्ट्रिक झुरझुरे पटका एकसय २० प्याकेट, चक्र एकसय ४० प्याकेट, . चकलेट बम ७० प्याकेट, गमला पटका एकसय २० प्याकेट, पेन्टास्काई फ्ल्यास २० प्याकेट नियन्त्रणमा लिएको हो ।
 अस्थाई प्रहरी पोष्ट हेटौंडा बसपार्कबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोलिलले पटका सहित व्यापारी केसरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । उनलाई बिष्फोटक पदार्थ ऐन २०१८ बमोजिम कार्वाही प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए । 
Powered by Blogger.