Header Ads


छनौट भए टेवुलटेनिसका खेलाडी

हेटौँडा, १८ कात्तिक/सातौ राष्ट्रिय खेलकुदका लागि मकवानपुर जिल्ला खेलकुद विकास समितिले टेवुलटेनीसका खेलाडी छनौट गरेको छ ।
 हेटौडा क्याम्पसको हलमा भएको छनौट प्रतियोगितावाट सुशान्त क्षेत्री, विश्वास ढकाल र विवेक खडका छनौट भए । यस्तै वैकल्पिकमा नयन पोखरेल छनौट भएका छनौट समितिका संयोजक दीपेन्द्र ढकालले जानकारी दिए । मकवानपुरमा अघिल्लो वर्षहरुमा टेवुल टेनीसको कोटा नभए पनि यसपटक देखि कोटा दिएको समितिका कार्यालय प्रमुख खुशराज दाहालले जानकारी दिए । समितिका अध्यक्ष माधवप्रसाद तिमल्सिना र हेटौडा क्याम्पसका सहायक क्याम्पस प्रमुख देवीराम लामाले निर्णायक दिपेन्द्र ढकाललाई वल र व्याट दिएर छनौट सुरु गरेका थिए । यसपटक देखि जिल्लालाई टेवुल टेनीस खेलको कोटा दिएकाले आगामी वर्ष देखि यो खेलको विकास र विस्तारमा समितिले विशेष चासो दिने अध्यक्ष तिमल्सिनाले बताए । 
सातौ राष्ट्रिय खेलकुद अन्तर्गत मकवानपुरबाट तेक्वान्दो वाहेककका ११ वटै खेलका खेलाडीहरु छनौट गरिसकिएको समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए ।
Powered by Blogger.