Header Ads


हेटौंडा क्याम्पसमा बिएड साइन्स

हेटौंडा, २ मंसिर/शिक्षा विषय मात्र पढाइ हुने मकवानपुरको हेटौंडा क्याम्पसमा नया“ शैक्षिकसत्रबाट स्नातक शिक्षा विज्ञान (बिएड साइन्स)का कक्षा संचालन गर्ने भएको छ । 
क्याम्पसले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडामै पहिलो पटक क्याम्पसले बिएड साइन्स नया“ शैक्षिक सत्रबाट सुरु गर्ने जानकारी दिएको हो । क्याम्पस प्रमुख देवचन्द्र मानन्धरले काठमाडौं, चितवन र बीरगंजपछि हेटौंडामा पहिलो पटक बिएड साइन्सको कक्षा संचालन गर्न लागिएको बताएका हुन् ।
क्याम्पसले ल्याबको लागि कोठा तयार गरिसकेको आवश्यक शैक्षिक सामाग्री केही दिनमैल्याएर ल्याबलाई पूणता दिने बताएका छन् । ल्याब स्थापना भएपछि त्रिविविबाट अनुगमन आउने र स्वीकृति प्रदान गर्ने कार्यक्रम तय भएको सहायक क्याम्पस प्रमुख अर्पण पराजुलीले बताए । हेटौंडा क्याम्पसले अघिल्लो शैक्षिक सत्रबाट बिएड अर्थशास्त्र कक्षा पनि सुरु गरेको थियो । क्याम्पसले स्नातकोत्तरमा गतवर्षबाट अंग्रेजी इपिएम संचालन र नया“ शैक्षिक सत्रबाट जनसंख्या पनि संचालनमा ल्याउने तयारी गरिरहेको छ । प्रमुख मानन्धरले क्याम्पसको शैक्षिक गुणस्तरमा जोड दिने बताएका छन् । कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु कलेजको प्रमुख उद्देश्य रहेको मानन्धरको भनाइ रहेको थियो । वि.सं.२०४७ सालबाट सञ्चालित क्याम्पसमा  मकवानपुर एवम आसपासका जिल्लाहरु विशेष गरी तराईका जिल्लाहरु चितवन, बारा, पर्सा, रौतहट,सर्लाही, महोत्तरी, सिन्धुली एवम धनुषादेखिका विद्यार्थीहरु अध्यापन गर्दै आइरहेको क्याम्पसले जनाएको छ ।
Powered by Blogger.