‘निजामति कर्मचारीको भूमिका महत्वपूर्ण’
हेटौँडा, ५ मंसिर÷एकीकृत नेकपा माओवादीको आस्था र विचार मान्ने नेपाल राष्टिूय कर्मचारी संगठन निजामतिका केन्द्रीय उपाध्यक्ष शिव बञ्जराले भारतले गरेको नाकाबन्दीको यो अवस्थामा निजामति कर्मचारीले जिम्मेवार ढङ्गले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला कार्यसमिति मकवानपुरको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले केही कर्मचारी जिम्मेवार नहुँदा देश थप संकट तर्फ जाूदै गरेको धारणा राखे । राष्ट्र र राष्ट्रियता ठूलो भएको तर्क गर्दै उनले यो बिषम् परिस्थितीमा यो कुरा सबैले मनन् गर्नु आवश्यक रहेको आंल्याए । यस्तै पूर्व सभाषद् एवम् एकीकृत नेकपा माओवादी मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी छिन्तुले कर्मचारी संगठनको सम्मेलनले पछिल्लो समय माओवादी छोडेर गएका बाबुराम भट्टराईलाई समर्थन छैन भन्ने संकेत दिएको भनाई व्यक्त गरे ।
बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद लिन नसक्ने अवस्था देखेकोले पार्टी छोडेर गएको आरोप लगाए । कम्युनिष्ट पार्टीमा एकता, फुट र संघर्ष सामान्य कुरा भएको तर्क गर्दै उनले राष्ट्रसेवक कर्मचारी आफ्नो विचार र आस्थामा अडिग हुँदै अघि बढ्नुपर्ने बताए । संगठनका अध्यक्ष विशेश्वरप्रसाद यादवको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटनमा नेपाल राष्ट्रिय कर्मचारी महासंघ केन्द्रीय सदस्य वसन्तराज गौतम, कर्मचारी महासंघ मकवानपुर अध्यक्ष देवनारायण लामिछाने, नेपाल निजामति कर्मचारी युनियन मकवानपुर अध्यक्ष
राजकुमार अर्याल लगायत विभिन्न संगठनका प्रमुख एवम् प्रतिनिधीले शुभकामना मन्तव्य व्यक्त गरेका
थिए ।
अध्यक्षमा पुन :यादव
हेटौँडा/नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला कार्यसमिति मकवानपुरको अध्यक्षमा पुन : विशेश्वरप्रसाद यादव चयन भएका छन् । शनिबार भएको तेस्रो जिल्ला सम्मेलनले यादवकै नेतृत्वमा १७ सदस्यीय नयाू कार्यसमिति चयन गरेको हो । संगठनको उपाध्यक्षमा राजु अर्याल र भिषण चौधरी, सचिवमा बसन्त सिटौला, सहसचिवमा टिकाभैरव रिजाल र कोषाध्यक्षमा दिनेश लम्साल चयन भएका छन् । यसैगरी सदस्यमा सीता दर्लामी, मीना कार्की, दिलबहादुर स्याङ्बो, अबदेशकुमार सिंंह, मिनबहादुर कुंवर, रामचन्द्र सापकोटा, रेवती दाहाल, राजकुमार कुमाल, बिष्णुहरि ओझा, शान्ति खनाल र उत्तमलाल दास रहेका छन् । सल्लाहकारमा राधाकृष्ण श्रेष्ठ र ध्रुब खरेल चयन भएका छन् बद्री लामिछाने, गणेश तिवारी र बालकुमारी ढकाललाई केन्द्रीय प्रतिनिधीको रुपमा चयन गरेको छ ।
