Header Ads


उपाधीको लागि आर्मी र सशस्त्र भिड्ने

हेटौँडा, २२ कात्तिक/हेटौंडा–२९ बस्तीपुरको निर्मल उच्च माविको खेल मैदानमा जारी केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि नेपाल आर्मी र सशस्त्र प्रहरी भिड्ने भएका छन् ।
आइतबार भएको सेमिफाइनल खेलमा एपीएफले पश्चिमाञ्चल र नेपाल आर्मीले स्व. लक्ष्मीनारायण ट्रष्टलाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् । युवा तथा खेलकुद समन्वय समिति हेटौंडा–२९ को आयोजनामा जारी प्रतियोगिताको फाइनल भिडन्त २४ गते मङ्गलबार हुनेछ । 
आइतबारको सेमिफाइलनमा एपीएफले पश्चिमाञ्चलाई २५–१९, २८–२६ र २५–१६ को सोझो सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो । यस्तै आर्मीले ट्रष्टलाई २५–११, २५–१८ र २५–२० को सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो। सेमिफाइलनमा पराजित पश्चिमाञ्चल र ट्रष्टले तेस्रो स्थानका लागि सोमबार विहान प्रतिस्पर्धा गर्ने आयोजक समितिका प्रचारप्रसार संयोजक प्रकाश थोकरले जानकारी दिए । 
थोकरका अनुसार प्रतियोगिताको समापनका दिन एपीएफको महिला टोली र न्यू डाइमण्ड महिला टोलीबीच मैत्रीपूर्ण खेल हुने कार्यक्रम तय भएको छ । प्रतियोगिताको प्रतिस्पर्धासंगै मनोरञ्जन प्रदानका राष्ट्रिय तथा स्थानीय कलाकारबाट मनोरञ्जनात्मक कार्यक्रम सञ्चालनको समेत व्यवस्था मिलाइएको छ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ७५ हजार रुपिया“ र ४५ हजार रुपिया“ प्राप्त गर्नेछन् । तेस्रो हुने टोलीले २५ हजार रुपिया“ र चौथो हुने टोलीले १५ हजार रुपिया“ प्राप्त गर्नेछन् ।
 उत्कृष्ट खेलाडी र प्रशिक्षकले क्रमशः जनही सातहजार पा“चसय रुपिया“ प्राप्त गर्नेछन् भने बेष्ट स्पाइकर, 
ब्लकर, डिफेन्ड र सेटरले पनि जनही तीनहजार पा“चसय रुपिया“ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
Powered by Blogger.