Header Ads


नेपाल सम्बतमा सद्भाव ¥याली

न्हुदया भिन्तुनाको अवसरमा आयोजित सद्भाव ¥यालीमा सगुन तथा खानेपानी दिनका लागि तयार अवस्थामा रोटरी, रोट¥याक्ट तथा जेसीजका पदाधिकारी ।      तस्विर :प्रदेश दैनिक
हेटौँडा, २३ कात्तिक÷नेवा सा“स्कृतिक पुचः मकवानपुरले नेपाल सम्बत ११३६ को अवसरमा झा“की सहित बृहत सद्भाव शुभकामना ¥याली निकालेको छ । 
हेटौंडा–२ स्थित पल्पसाहलबाट झा“की सहित निस्किएको ¥याली हेटौंडा बजारको परिक्रमा गरी पुन ः पल्पसाहलमा पुगेर सकिएको थियो । नेपाल सम्बतको अवसरमा निकालिएको ¥यालीलाई हेटौंडा जेसीज, रोटरी क्लब तथा रोट¥याक क्लबले पानी तथा सगुनले स्वागत गरेका थिए । हेटौंडाको सीमाचोकमा जेसीज, रोटरी र रोट¥याक्टले खानेपानी तथा सगुन खुवाएका हुन् । ¥याली पश्चात नेवारी सा“स्कृतिक कार्यक्रम तथा नेवारी भाषााको समयबजी प्रहसन समेत गरिएको पुचःका अध्यक्ष बिष्णुगोपाल महर्जनले बताए । नेवा सा“स्कृतिक पुच ः का अध्यक्ष महर्जनको अध्यक्षता तथा सांसद् लक्ष्मण राजवंशीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्लाका राजनितिक दलका प्रमुख तथा प्रतिनिधी एवम् अन्य विभिन्न संघसंस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो । सद्भाव शुभकामना ¥यालीमा विभिन्न जातजाती संग सम्बन्धित संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
Powered by Blogger.