Header Ads


भन्सार छलिको चादीसहित एक नियन्त्रणमा

हेटौँडा/मकवानपुर प्रहरीले अन्दाजी ५५ हजार रुपैंया बराबरको भन्सार छलि गरेर ल्याएको चा“दीको गहनासहित एक भारतीयलाई नियन्त्रणमा लिएको छ । 
प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१७ रातोमाटे स्थित प्रहरी चेकपोष्टमा बीरगंजबाट हेटौडातर्फ आउ“दै गरेको  ना ४ ख ६९४६ नम्बरको बसलाई चेकिङ गर्ने क्रममा बसमा यात्रा गरी आएका भारत मोतीहारी पुर्वी चम्पारण आदापुर औरैया पञ्चायत जमुनभार बस्ने ५० बर्षका सुरेन्द्र साहलाई पक्राउ गरेको हो ।
 उनको साथबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको भारतमा निर्मित चा“दीका १ किलो ६ सय ग्रामको गहना फेला पारेको हो ।  चादीका गहनासहित पक्राउ परेका साहलाई आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षत्रीय विभाग पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए ।
Powered by Blogger.