मकवानपुरमा कालोबजारी बढ्यो : राजनीतिक दल
हेटौँडा, २२ कात्तिक/मकवानपुरमा कृयाशिल रहेका नौवटा राजनीतिक दलले जिल्लामा पछिल्लो समय कालोबजारी मौलाएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
आइतबार बिहान प्रशासन कार्यालय पुगेका नेपाली का“ग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल, संघीय समाजवादी फोरम नेपाल, नेकपा माले, मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र राप्रपाका नेताहरुले प्रमुख जिल्ला अधिकारी
रामप्रसाद थपलियालाई ध्यानाकर्षण पत्र बुझाउ“दै बजार अनुगमन गर्न अनुरोध गरेका हुन् ।
भारतले गरेको नाकाबन्दीको अवस्थामा जनताको धैयर्तालाई कमजोरी ठान्दै केही व्यापारीले कालोबजारी गरिरहेको र यस्तो अवस्थामा समेत प्रशासन मौन रहेको भन्दै राजनीतिक दलले बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कार्वाहीको दायरामा ल्याउन अनुरोध गरेका हुन् । हेटौंडामा रहेको शिवम् सिमेण्टले अस्वभाविक मूल्य बृद्धि गरेकोले तत्काल उक्त रकम फिर्ता गराउन प्रभावकारी कदम चाल्नुपर्ने, हेटौंडामा उत्पादित हुने मैदा, पिठो, चोकर, बिस्कुटलगायतका वस्तुमा गरिएको मुूल्य बृद्धिको कारण प्रष्ट पार्नुपर्ने, इन्धन आपुर्तीलाई प्रभावकारी र पारदर्शी बनाउनुपर्ने, प्रशासन कार्यालयका सिफारिसमा वितरण गरिएको इन्धन प्रभावकारी रुपमा उपयोग भए÷नभएको प्रष्ट पार्नुपर्ने, शिवम् सिमेण्टले एक महिनाको बीचमा प्रतिबोरा एकसय ५० रुपैंया बृद्धि गरी कालोबजारी गरिरहेकोले हेटौंडा सिमेण्टको उत्पादन तत्काल बजारमा उपलब्ध गराउन प्रभावकारी कदम चाल्नुपर्ने, मकवानपुर उद्योग वाणिज्य संघले पछिल्लो समय आफ्नै ढङ्गले विभिन्न सामाग्रीको मूल्य तोकेकोले मूल्य निर्धारण गर्ने निकाय को हो भन्ने बिषयमा स्पष्ट हुनुपर्ने र हरेक उपभोग्य वस्तुमा खुलेआम भैरहेको काजाबजारीको नियन्त्रण गर्न प्रभावकारी अनुगमन नगर्नुको कारणको बारेमा समेत ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
जिल्लामा भैरहेको आपुर्ती व्यवस्था र वितरण प्रक्रियाको प्रणाली प्रति प्रशासनले पारदर्शीता राख्न नसक्नुले जिल्लामा कृयाशिल राजनीतिक दलको ध्यानाकर्षण भएको उल्लेख गर्दै ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘बजारमा दैनिक रुपमा आफू खुसी मूल्य कायम गरी कालोबजारी चरमचुलीमा पुग्दा समेत जिल्ला प्रशासन कार्यालयले राजनीतिक दलसंग कुनै सम्पर्क, सम्वाद, छलफल र परामर्श नगर्नुले मिलेमतोको गम्भिर प्रश्न खडा भएको छ ।’
राजनीतिक दलको पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले कसले कालोबजारी गरेको उनीहरुको नाम उपलब्ध गराउनका निम्ति उल्टै नेताहरुलाई आग्रह गरे । शिवम् सिमेण्टको मूल्य बृद्धिको बिषयमा क्षत्रीय प्रशासकसम्म कुरा भैसकेको प्रतिक्रिया दिएका उनले मकवानपुर उद्योग वाणिज्य संघले आफ्नै ढङ्गले वस्तुको मूल्य तोकेको बिषयमा भने खासै प्रतिक्रिया दिन चाहेनन् । ‘जनताले अनुभुत गर्नेगरी बजार अनुगमन गर्न सकेका छैनौ“, प्रजिअ थपलियाले भने, ‘असामान्य अवस्था भएका कारण यस्तो भएको हो । बजार अनुगमन गर्दा व्यवसायीले पसलै बन्द ग¥यो भने के गर्ने ?’ । उनले आम उपभोक्तालाई कुनै व्यवसायीले सामानको मूल्य बढि निर्धारण ग¥यो भने नलिनको लागि अनुरोध गरे । प्रमुख जिल्ला
अधिकारीले कालोबजारीको बिषयमा ठोस कदम लिने स्थिती नदेखिएको भन्दै यहाँस्थित राजनीतिक दलका नेताहरुले आज सोमबार सर्वदलीय बैठक बसि ठोस निर्णय लिने बताएका छन् ।

