Header Ads


सिमेण्टको मुल्यबृद्धि फिर्ता लिन चन्द माओवादीको अनुरोध

हेटौँडा, १९ कात्तिक÷नेपालको संविधानप्रति असन्तुष्टि जनाउ“दै भारतले गरेको नाकाबन्दीको अवस्थामा
सर्वसाधारण उपभोक्तालाई राहत दिनुपर्ने बेला उल्टै मूल्यबृद्धि भएको भन्दै नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपा माओवादी मकवानपुरले शिवम् सिमेन्ट उद्योगको बिरोध गरेको छ ।
असोज १६ गते ३० रुपैंया, असोज २४ गते ७० र कात्तिक १६ गते ५० रुपैंया गरी एक महिनाको बीचमा
प्रतिबोरा एकसय ५० रुपैंया बृद्धि भएको भन्दै शिवम् सिमेण्टलाई उक्त निर्णय सच्याउनको लागि समेत माओवादीले अनुरोध गरेको छ । विहीबार हेटौंडामा पत्रकार सम्मेलन गरी माओवादीले एकमहिनामा एकसय ५० रुपैंया मुल्य बढाउनुलाई अस्वभाविक र कालो बजारीको संज्ञा दिएको छ । माओवादी जिल्ला सेक्रेटरी बीरबहादुर घलान ज्वालाले यस्तो अवस्थामा अनुगमन र नियमन गर्ने राज्यको निकाय एवम् सरोकारवाला समेत चुपचाप बस्न नहुने धारणा राखे ।
 ज्वालाले विभिन्न मितिमा बृद्धि गरेको एकसय ५० रुपैंया घटाएर मूल्य पहिलेकै बनाउन चेतावनी दिए । माओवादी नेता गोकुल दाहालले राज्यको अनुगमन र नियमन गर्ने निकाय तथा सबै सरोकारवाल संघसंस्था र जिम्मेवार नागरिकमा उद्योगको यस्तो गलत प्रबृत्तिको डटेर प्रतिकार गर्न अपिल गरे ।
सर्वसाधारण नागरिकका अति आवश्यकिय वस्तु तथा सेवाहरुमा नाकाबन्दीको कारण देखाउ“दै दैनिकजसो मूल्य बृद्धि गर्ने प्रबृत्ति विरुद्ध सरकारी निकायहरु तदारुकताका साथ लाग्नुपर्ने पार्टीले सुझाएको छ । मधेश आन्दोलनका नाममा राष्ट्रविरोधी तत्वहरु भारतलाई गुहार्दै मुलुक विभाजनको अनुचित सोचमा रहेको तथा सामाजिक सद्भाव बिथोल्ने र स्थिति थप भड्काउने दाउमा रहेको दाबी गर्दै संसदबादी राजनीतिक पार्टीहरु र सरकार सबैजसो विषयमा वाकयुद्ध गरिरहेको आरोप माओवादीले लगाएको छ ।

Powered by Blogger.