वर्तौला बने उत्कृष्ट वक्ता
हेटौंडा जेसीजको जेसीज सप्ताह अन्तर्गत बुधबार साइक्लिङ च्यालेन्ज र ‘समृद्ध समाज निर्माणको लागि उद्यमशिल युवा नागरिक’ बिषयक अन्तर जेसीज वक्तृत्वकला भएको छ ।
बिहान हेटौंडाको बुद्धचोकबाट सुरु भएको साइक्लिङ च्यालेन्जमा ३८ जनाले सहभागिता जनाएका थिए । १७ किलोमिटरको दुरीमा भएको साइक्लिङ च्यालेन्जका सम्पूर्ण सहभागीलाई मेडल प्रदान गरिएको थियो । हेटौंडा स्कुल अफ म्यानेजमेण्टका संयोजक पुरणबहादुर जोशीले साइक्लिङ च्यालेन्जका सहभागीलाई मेडल लगाइदिएका हुन् । कार्यक्रमका प्रमुख अतिथि जोशीले युवाहरु नेपालका प्राकृतिक स्रोत साधनको सदुपयोग गर्दै देश निर्माणमा अघि बढ्नुपर्ने बताए ।
अन्य मुलुकमा निर्भर हु“दा वर्तमान विकराल समस्या खेप्नुपरेको भन्दै उनले नेतालाई गालि गरेर बस्नु भन्दा देश निर्माणमा युवाहरु एक हुनुपर्ने बताए । हेटौंडा जेसीज बर्ष–२०१५ का अध्यक्ष दीपकराज मिश्रको अध्यक्षता एवम् कार्यक्रम संयोजक सुधिर दाहालको संयोजकत्वमा भएको कार्यक्रममा नेपाल जेसीजका
राष्ट्रिय उपाध्यक्ष श्रद्धा शिलवाल, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष दीपेन्द्रकुमार बर्तौलालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको बारेमा जानकारी गराउ“दै मूल कार्यक्रम संयोजक सन्देश डिसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । जेसीज सप्ताह अन्तर्गत बुधबार दिउ“सो भएको ‘समृद्ध समाज निर्माणको लागि उद्यमशिल युवा नागरिक’ बिषयक अन्तर जेसीज वक्तृत्वकला प्रतियोगितामा श्रवणकुमार बर्तौला प्रथम भएका छन् । प्रतियोगितामा कृष्णराम न्यौपाने द्धितीय र दीपेश जोशी तृतीय भए ।
१९ जनाको सहभागिता रहेको प्रतियोगिताको निर्णायकमा हेटौंडा जेसीज पूर्व अध्यक्ष बासु न्यौपाने, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष राजेशमोहन प्रधान र नेपाल जेसीजका पूर्व कानूनी सल्लाहकार एवम् हेटौंडा जेसीजका पूर्व अध्यक्ष गणेशकुमार श्रेष्ठ र नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष अञ्जनीकुमार पराजुली रहेका थिए ।
हेटौंडा जेसीजका पूर्व अध्यक्ष क्लवका अध्यक्ष भजकृष्ण गोर्खालीको प्रमुख आतिथ्यतामा वक्तृत्वकला भएको हो । जेसीज सप्ताह अन्तर्गत १९ गते बिहीबार बिहान क्याम्पाडा“डा चौरमा पत्रकार र हेटौंडा जेसीजको बीचमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता, दिउ“सो शङ्करज्योति प्रावि हेटौंडा–११ मा पुस्तक तथा शैक्षिक सामाग्री वितरण, २० गते बिहान सीमाचोकमा स्लो मोटरसाइकल दौड र दिउ“सो जेसीज सचिवालय कर्रामा जेसीज सप्ताह कार्यक्रम समापन एवम् पुरस्कार वितरण कार्यक्रम रहेको मूल कार्यक्रम संयोजक डिसीले जानकारी दिए ।