Header Ads


एमडीआईलाई राष्ट्रिय पुरस्कार

हेटौँडा, ७ मंसिर÷मकवानपुरमा रही कृषि वन तथा वातावरणको क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था मनहरी विकास संस्था (एमडीआई नेपाल) ले  राष्ट्रिय स्तरको सामाजिक सेवा पुरस्कार प्राप्त गरेको छ । 
जगदीश घिमिरे सामाजिक सेवा पुरस्कारबाट एमडीआई नेपाल पुरस्कृत भएको हो । काठमाडौंमा जारी 
गैरसरकारी संस्था महासंघ नेपालको आठौं महाधिवेसनमा एमडीआई नेपालका कार्यकारी अध्यक्ष खोपनारायण श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरेका हुन् । पुरस्कार प्राप्त 
गरेपछि प्रतिक्रिया दिंदै अध्यक्ष श्रेष्ठले आफूले निरन्तर मकवानपुरको पश्चिमी क्षेत्रमा गरेको मिहेनत र परिश्रमको उचित सम्मान भएको बताए । पश्चिम मकवानपुरका चेपाङ, तामाङ तथा विपन्न समुदायको बसोबास रहेको बस्तीमा एमडीआई डेढदशकदेखि निरन्तर क्रियाशील गैरसरकारी संस्था हो । कृषि वन मार्फत गरिव र विपन्नहरुको आर्थिक उपार्जन तथा वातावरणीय संरक्षणमा संस्थाले काम गरिरहेको फिल्ड संयोजक नवीन सुवेदीले बताए । 
खासगरी अनिकालग्रस्त क्षेत्रमा कामका लागि खाद्यान्न लगायतका कामहरुको सहजीकरण गर्दै एमडीआईले खेर गइरहेका पाखो र रुखो जग्गाहरुलाई व्यवस्थित ढंगले आयमूलक विरुवाहरु केरा, भुँइकटहर, अम्रिसो, कागती लगायतलाई प्रवद्र्धन गर्दै आइरहेको छ । एमडीआईले वन तथा वातावरणको क्षेत्रमा उत्कृष्टता हासिल गरेको भन्दै यसअघि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ ।
Powered by Blogger.