एमाओवादीले उचाल्यो उपाधि
हेटौँडा, २६मंसिर/हेटौंडा जेसीजको आयोजनामा हेटौंडामा सञ्चालन भएको हर्षनर बज्राचार्य स्मृति अन्तर राजनीतिक दल स्तरीय फुटबल प्रतियोगिताको उपाधि एकीकृत नेकपा माओवादी मकवानपुरले जितेको छ ।
शनिबार संघीय समाजवादी फोरम नेपाल मकवानपुरसंग भएको फाइनल भिडन्तमा ४–१ को फराकिलो जित निकाल्दै माओवादीले उपाधिमा कब्जा जमाएको हो । माओवादीको जितमा अरुण बल हिरो भए । उनले व्यक्तिगत तीन गोल गरेका हुन् भने इन्द्रबहादुर थिङले एक गोल गरे । फोरमका लागि एकमात्र गोल सन्तोष थापा मगरले गरेका हुन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी माओवादीका अरुण बल घोषित भए । त्यसैगरी फाइनल खेलको म्यान अफ दी म्याच माओवादी कै सुमन पाख्रिन भए ।
विजेता तथा उपविजेता राजनीतिक दल र उत्कृष्ठ खेलाडीलाई उपप्रधान, परराष्ट्र एवम् स्थानीय विकास मन्त्री कमल थापाले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका हुन् । जिल्लाका ६ राजनीतिक दलको सहभागिता रहेको प्रतियोगिता बिहीबारबाट सुरु भएको हो । प्रतियोगितामा नेपाली का“ग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, संघीय समाजवादी फोरम नेपाल, नेकपा माले र संघीय गणतान्त्रिक ताम्सालिङ पार्टीले सहभागिता जनाएका थिए । हेटौंडा जेसीजका अध्यक्ष दीपकराज मिश्रको अध्यक्षतामा भएको प्रतियोगिताको समापन सरकारको आगामी नीति तथा कार्यक्रममा यस योजनालाई पार्ने कार्यमा सहयोग गर्न अनुरोध गर्दछु’, तिमल्सिनाले भने, ‘यो रङ्गशाला निर्माण भएमा यस क्षेत्रको खेल क्षेत्रको विकासमा सघाउ पुग्नेछ ।’ कार्यक्रमका प्रमुख अतिथि रहेका उपप्रधान, परराष्ट्र एवम् स्थानीय विकास मन्त्री कमल थापाले भने मन्तव्य व्यक्त नगरी पुरस्कार वितरण मात्र गरेर मञ्चबाट बाहिरिए ।
प्रतियोगिताको समापन कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष अञ्जनीकुमार पराजुली, नेपाली का“ग्रेसका निवर्तमान जिल्ला सभापति माइकल रामचन्द्र अर्याल, एकीकृत नेकपा माओवादी मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामी छिन्तु, राप्रपा नेपालका केन्द्रीय सदस्यत्रय राजाराम बर्तौला, मधु
अधिकारी, दीपकबहादुर सिंह, प्रतियोगिताका प्रायोजक हेटौंडा जेसीजका पूर्व अध्यक्ष ज्योतिरत्न बज्राचार्य सहित जिल्लामा कृयाशिल विभिन्न राजनीतिक दल, जेसीजलगायत संस्थाका प्रतिनीधी एवम् पदाधिकारीको आतिथ्यता थियो ।
