Header Ads


राजनीतिक दलस्तरीय फुटबल एमाओवादी र संघीय समाजवादी विजयी

हेटौँडा, २४ मंसिर/हेटौंडा जेसीजको आयोजनामा बिहीबारबाट सुरु भएको हर्षनर स्मृति राजनीतिक 
दलस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा एकीकृत नेकपा माओवादी र संघीय समाजवादी फोरम नेपाल मकवानपुरले विजयीयात्रा सुरु गरेको छ । 
प्रतियोगिताको उद्घाटन खेलमा एनेकपा माओवादीले राष्ट्रिय गणतान्त्रिक जनमुक्ति पार्टी ताम्सालिङलाई २–१ गोल अन्तरले पराजित गरेको हो भने संघीय समाजवादीले नेपाली का“ग्रेसलाई ३–० गोलअन्तरले पराजित गरेको हो । पहिलो खेल सुरु भएको ५ मिनेटमा एमाओवादीका तर्फबाट अरुण बलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
 पहिलो हाफ १–० ले अघि बढेको एमाओवादीले दोस्रो हाफमा केही आक्रमणको सामना गर्नुप¥यो । दोस्रो हाफको ५ मिनेटमा ताम्सालिङका शम्भु नेगीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । निकै प्रतिस्पर्धात्मक खेलमा एमाओवादीका लागि बलले दोस्रो हाफको १५ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए । त्यही गोलले एमाओवादी विजयी बन्दा ताम्सालिङ पराजित भयो । एमाओवादीका बल म्यान अफ दी म्याच घोषित भए । दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन नेपाली का“ग्रेसले संघीय समाजवादी फोरमसंग ३–० को हार ब्यहोरेको छ । पहिलो हाफ शून्यको स्थितिलाई बदल्दै फोरमले दोस्रो हाफमा ३ गोल गरी शानदार जित दर्ता ग¥यो । का“ग्रेसको कमजोर डिफेन्सको फाइदा उठाउ“दै फोरमका सन्तोषथापा मगरले २ तथा सुवास सिन्तानले १ गोल गर्दै टिमलाई ३–० को जित दिलाए । फोरमका थापा म्यान अफ द म्याच घोषित भए । मकवानपुरका ६ राजनीतिक दल सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भैरहेको छ ।
प्रतियोगिताको उद्घाटन मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै तिमल्सिनाले राजनीतिक दलको बीचमा प्रतिस्पर्धा गराउने उद्देश्यले आयोजित यस प्रतियोगितालाई नमूनालायक कार्यको संज्ञा दि“दै खेल क्षेत्र कुनैपनि राजनीतिक दलको प्राथमिकतामा नहुनु दुखद् भएको बताए । 
खेल क्षेत्रलाई विकासको परिसुचकको संज्ञा दि“दै उनले राजनीतिक दलले खेल क्षेत्रलाई महत्व नदि“दा सम्म यस क्षेत्रको विकास सम्भव नरहेको दावी गरे। आयोजक जेसीज अध्यक्ष दीपकराज मिश्रको अध्यक्षतमा भएको उद्घाटन समारोहमा कार्यकारिणि उपाध्यक्ष सन्देश डिसीले स्वागत गरेका थिए ।
Powered by Blogger.