औद्योगिक क्षेत्रमा एक टुक्रा खाली जग्गा रहन्न ः बस्नेत
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले भारतबाट भएको नाकाबन्दी खुलेको ६ महिनाभित्रमा औद्योगिक क्षेत्रमा एक टुक्रा पनि खाली जग्गा रहन नदिने बताएका छन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाको ५२ औं बार्षिकोत्सव कार्यक्रममा उनले औद्योगिक क्षेत्रको जग्गा कुनैपनि नाममा अड्काएर राख्न नपाइने
बताए । ‘बन्दका कारण काम गर्न केही असहजता भैरहेको छ । बन्द खुलेको ६ महिनामा एक टुक्रा जग्गा पनि खाली रह“दैन’, उनले भने, ‘उद्योग बन्द अवस्थामा छ भनेर सुख पाईंदैन ।’ अहिलेसम्म नेपालमा ‘मिलाउने’, ‘मिलाएर गर्ने’ भन्ने गलत प्रचलन रहेको भन्दै बस्नेतले अब त्यस्तो सिष्टम नचल्ने दावी गरे ।

‘बर्षौसम्म औद्योगिक क्षेत्रको जग्गा आफ्नो नाममा अड्काएर राख्ने भन्ने हु“दैन’, अध्यक्ष बस्नेतले भने, ‘यो वा त्यो कुनैपनि बहानामा जग्गा खाली रह“दैन, कि त उद्योग स्थापना गर्नुप¥यो कि भने अर्कालाई
दिनुप¥यो ।’ मकवानपुरमा औद्योगिक क्षेत्रको विस्तारको निम्ति जग्गा खोजेर आउन अनुरोध गर्दै उनले भने, ‘कुन स्थानको जग्गा उपयुक्त हुन्छ त्यो जग्गा फाइनल गरेर पठाउनुस्, बा“की के गर्नुपर्छ म गरु“ला ।’ बस्नेतले केही दिनभित्रमा नै देशको ३÷४ स्थानमा औद्योगिक क्षेत्र घोषणा गरिने जानकारी दिए ।

मकवानपुर औद्योगिक क्षेत्रको हब बन्न सक्ने तर्क गर्दै उनले जग्गा दिनुस्, पूर्वाधार र पैसाको चिन्ता नलिनुस् भने । कार्यक्रममा पूर्व सांसद् ललित बस्नेतले नेपालका राजनीतिक दल सत्ता केन्द्रीत भएका कारण औद्योगिक क्षेत्रको विकास हुन नसकेको तर्क गरे । उनले रोजगारमुलक उद्योगको प्रोत्साहन गर्दै जग्गा मात्र ओगट्ने उद्योगलाई निरुत्साहित गर्नु आवश्यक रहेको औंल्याए । कार्यक्रममा मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले नेपालमा भैरहेको संकट समाधानको निम्ति आवश्यक पहल भैरहेको भन्दै छिट्टै समस्या समाधान हुने विश्वास लिए । औद्योगिक क्षेत्रको लगानी सुरक्षित गर्न राज्य लागिरहेको भन्दै उनले बन्द हुन लागेको उद्योग सञ्चालनमा ल्याउनको निम्ति सामुहिक प्रयास हुनु आवश्यक रहेकोमा जोड दिए । राप्रपा नेपाल अध्यक्ष नवराज बिष्टले राज्यको लगानी रेखदेख र सहयोग हेटौंडा औद्योगिक क्षेत्रलाई आवश्यक रहेको धारणा राखे । यस्तै मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउतले भारतले
गरेको नाकाबन्दी र भूकम्पका कारणले उद्योगी व्यवसायीहरु आइसीयूको भेन्टिलेटरमा राखेको बिरामी झैं अवस्थामा पुगेको बताए । कार्यक्रममा उद्योग संघ मकवानपुर अध्यक्ष नवराज अर्याल, हेटौंडा उपमहानगरपालिका कार्यालयका बिके महर्जन, औद्योगिक क्षेत्र महासंघ सल्लाहकार ऋषिराम घिमिरे, बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख रामाशंकर जैशवाल लगायतले समसामयिक अवस्था र उद्योगी व्यवसायीले खेप्नुपरेको समस्याको बिषयमा मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रमका विजेता एवम् उत्कृष्ठ ९ जना कर्मचारीलाई पुरस्कार एवम् सम्मान प्रदान गरिएको थियो । कार्यक्रम औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाका निमित्त प्रमुख प्रताप केसीको अध्यक्षतामा भएको हो ।