आयोजक टिम विजयी
थाहानगर, २३ मंसिर/मकवानपुरको थाहा नगरपालिकामा उत्तरी क्षेत्र स्तरिय लिग फुटवल प्रतियोगिता बुधबारबाट शुरु भएको छ ।
थाहानगरपालिकाको इन्द्रयणी चौरमा शुरु भएको प्रतियोगिता खेलमा पाथीभरा यूवा क्लब (आयोजक) विजयी भएको छ । बुधबार भएको उद्घाटन खेलमा गोगने ग्याङ स्ट्रार यूवा क्लवलाई आयोजकले ४–१ गोल अन्तरले पराजित गरेको थियो । खेलमा पाथिभरा यूवा क्लवका तर्फबाट सुनिल भुजेलले २ गोल गरेका थिए र त्यसै गरि उज्वल लामाले १३ औं मिनेट र अर्जून मगरले २३ मिनेटमा गोल गरेका थिए । त्यसैगरी गोगने यूवाको तर्फबाट सान्तवना गोल अनिल गोलेले गरेका थिए ।
पाथिभरा यूवा क्लवका अध्यक्ष हरिराम कार्कीको सभाध्यक्षतामा भएको उद्घाटन प्रतियोगितामा उत्तरी क्षेत्र खेलकुद विकास समितिका अध्यक्ष राजेश केसीको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै केसीले खेलका माध्यमबाट उत्तरी क्षेत्रकोे नाम अग्रपंक्तिमा राख्न खेलाडीहरुलाई शुभकामना व्यक्त गरेका थिए । उनले थाहा नगरपालिकामा तथा जिल्ला विकास समितिमा पटक पटक पहल गर्दा पनि खेलकुद तथा खेलमैदानको मर्मतको लागि कम वास्ता गरेको प्रति चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा एकिकृत माओवादीका विष्णु थापा, जनमोर्चाका जिल्ला अध्यक्ष लक्ष्मण विष्ट, समाज सेवी तथा वुद्धिजीवि ज्योति रायामाझी, थाहा नगरपालिका प्रशासन शाखा प्रमुख अनिल लामिछाने लगायतको आतिथ्यता रहेको थियो ।