आश्रमलाई पचास हजार सहयोग
हेटौँडा, २३ मंसिर/होटल एशोसिएसन मकवानपुरले मानवसेवा आश्रमको भवन निर्माण कार्यमा सहयोग गर्ने भएको छ । बुधबार एक कार्यक्रमविच एशोसियसनले पचास हजार रुपैयाँ सहयोगको घोषणा गरेको हो ।
आश्रमले एशोसिएसनका नयाँ कार्यसमितिलाई बधाई दिन आयोजिक कार्यक्रममा एसोसियसन अध्यक्ष भगिरथ शर्माले सहयोग घोषणा गरेको हो । होटल एशोसिएसन मकवानपुर मानवसेवा आश्रमको सेवा कार्यमा सँधै सहयोगी बनिरहने अध्यक्ष शर्माले बताए । त्यसै गरी निर्माण व्यवसायी सँघ मकवानपरले राष्ट्रिय निर्माण दिवसको अवसरमा मानवसेवा आश्रमको विहानको खाजा र बालबालिकाहरूको लागी स्टेसनरी सामाग्रीको लगी पाँच हजार सहयोग गरेको छ ।
रकम हस्तान्तरण कार्यक्रमा संघका अध्यक्ष आनन्दराम पराजुली, अर्जुन केसी, बालगोपाल कँडेल लगाएत कार्य समिति सदस्यहरूको उपस्थिति रहेको थियो।
