स्थानीय विकास र शिक्षामा बढी उजुरी
हेटौँडा, २३ मंसिर/अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौ“डाले भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा बुधबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।
आयोग क्षत्रीय कार्यालय हेटौंडाका प्रमुख शंकरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय प्रशासक महेश दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले भ्रष्टचारलाई ‘कन्ट्रोल’ गर्नको निम्ति ‘नेटवर्क’ले सहयोग पु¥याउने बताए । ‘भ्रष्टचारले पैसा मात्र वृद्धि गर्दैन’ दाहालले भने–‘यसले डेमोक्यार्टिकलाई अन्डर माइन्ड गर्ने गर्दछ ।’
उनले प्रत्येक व्यक्तिको संस्कारमा वृद्धि गर्न सकेमा भ्रष्टचारलाई कम गर्न सकिनेमा जोड दिए । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौ“डाका उपसचिव नरेन्द्र प्रसाद भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले आर्थिक वर्ष २०७१÷०७२ मा कार्यलयमा प्राप्त भएको ३ हजार ९५ प्रारम्भिक उजुरी मध्ये एकहजार ७ सय ६५ फछ्र्यौट भएको र एकहजार ३ सय ३० बा“की रहेको बताए ।
आर्थिक वर्ष ०७१÷०७२ को असार मसान्तसम्म दर्ता तथा फछ्र्यौट भएका मन्त्रालयगत उजुरीहरु मध्ये संघीय मामिला तथा स्थानीय विकास र शिक्षामा बढी उजुरी परेको बताउ“दै भट्टराईले भने–‘शिक्षा र संघीय मामिलाको सञ्जाल गाउ“ स्तरमा पुगेकोले उजुरी वृद्धि भएको हुनसक्छ ।’ कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव कृष्णसारु मगर, नेपाल नागरिक समाजका अध्यक्ष रामसागर गुरागाई“, मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौ“डाका प्रहरी नायव महानिरीक्षक (डीआईजी) देवेन्द्र सुवेदी, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउत, सशस्त्र प्रहरी बलका प्रमुख रामशरण पौडेल,लगायतको आतिथ्यता रहेको थियो ।

