राजनीतिक दल स्तरीय फुटबल आजबाट
हेटौँडा, २३ मंसिर/हेटौंडा जेसीजको आयोजनामा गत बर्षबाट सञ्चालन सुरु भएको हर्षनर स्मृति जेसीज कप राजनीतिक दल स्तरीय फुटबल प्रतियोगिता आजबाट सुरु हु“दैछ ।
प्रतियोगिताको उद्घाटन खेल राष्ट्रिय जनमुक्ति पार्टी र एकीकृत नेकपा माओवादीको बीचमा हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा नेपाली का“ग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, नेकपा माले, संघीय समाजवादी फोरम र राष्ट्रिय जनमुक्ति पार्टी गरी ६ राजनीतिक दलले सहभागिता जनाउ“दै छन् ।
राप्रपा नेपाल, राप्रपा, मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भने प्रतियोगितामा सहभागिता जनाएका छैनन् । हेटौंडाको भूटनदेवी उच्च माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता यस बर्षबाट भने सेभेन ए साइड हु“दैछ । जिल्लामा कृयाशिल राजनीतिक दलको बीचमा सहकार्य एवम् सहभावना जागृत गराउने र मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ जेसीजले हेटौंडा जेसीजका पूर्व अध्यक्ष ज्योतिरत्न बज्राचार्यकोस्वर्गीय हजुरवुवा हर्षन बज्राचार्य को स्मृतिमा गत बर्षबट यस प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता संयोजक हेटौंडा जेसीजका कार्यकारिणि उपाध्यक्ष धर्मराज बानिया“का अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगितामा सहभागिता जनाउने खेलाडी सम्बन्धित राजनीतिक दलको जिल्ला कमिटी सदस्य, संविधानसभाको उम्मेदवार वा समानुपातिक उम्मेदवार हुनुपर्ने नियम रहेको छ । लिग कम नकाउटको आधारमा खेलाइने प्रतियोगिताको विजेता तथा उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जेसीज अध्यक्ष दीपकराज मिश्रले जानकारी दिए ।
