Header Ads


हाडीखोलामा हाइभोल्टेजका कारण दुईजनाको मृत्यु

हेटौँडा, २३ मंसिर/मकवानपुरको हा“डीखोला ३ र ४ नम्बर वडामा हाई भोल्टेजका कारण दुईजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
बुधबार बिहान करिब सा“ढे ५ बजेको समयमा हाइ भोल्टेजका कारण हा“डीखोला–४ की १७ बर्षीय सर्मिला डिमडुङ र करिब ७० बर्षकी ठूलिमाया मोक्तानको मृत्यु भएको हो । डिम्डुङको घरमा रहेको मिटरबक्सको मेन स्वीच अफ गर्ने क्रममा र मोक्तानको घरधन्दाको निम्ति बिहान उठेर बत्ति बाल्ने क्रममा करेण्ट लागेर मृत्यु भएको आफन्तको भनाई छ ।
 ट्रान्सफर्मर बिग्रेका कारण करिब एक महिनादेखि बिद्युत प्रशारण बन्द रहेको उक्त स्थानमा मङ्गलबार मात्र बिद्युत प्राधिकरणले नया“ ट्रान्सफर्मर जडान गरेको थियो । बुधबार बिहान उक्त ट्रान्सफर्मरमा एक्कासी आगो बलेपछि स्थानीयले आफ्नो घरमा रहेको मिटरबक्सको स्वीच बन्द गर्ने, चार्जमा राखिएको मोबाइल झिक्ने र टीभी तथा एफएम रेडियोमा जडान गरिएको तार थुत्ने क्रममा उनीहरुलाई करेण्टले झट्का हानेको थियो । ‘ट्रान्समिटरमा आगो देखेपछि घरमा चार्जमा हालेर राखेको मोबाइल झिक्न खोज्दा करेण्ट लाग्यो’, हेटौंडा अस्पतालको बेडमा भेटिएकी हा“डीखोला–४ का ठूलीमाया थिङले घटनाको बिषयमा जानकारी गराउ“दै भनिन्, ‘धेरै जना घाइते भएका छन् । 
अरु क–कसलाई के भयो केही थाहा छैन ।’ उनले बिद्युत प्राधिकरणको लापरबाहीका कारण स्थानीयले ज्यान गुमाउन बाध्य भएको गुनासो गरिन् । ‘एक÷एक महिनासम्म बिग्रेको ट्रान्समिटर बनाएन, हिजो (मङ्गलबार) बल्लतल्ल ट्रान्समिटर त अर्को ल्याइदियो, खै कस्तो ल्याएर हालिदिएको हो आज यस्तो हालत भयो’, करेण्टले छियाछिया बनाएको हात देखाउ“दै थिङले भनिन् । 
घाइते तथा मृतकका आफन्तले बिद्युत प्राधिकरणको गल्ति एवम् कमजोरीका कारण घटना भएको भन्दै घटनाको जिम्मा प्राधिरणले लिनुपर्ने माग राखेका छन् । घाइते हुनेमा हा“डीखोलाको च्यापल र भुन्दु्रङ टा“डी गाउ“का सर्वसाधारण रहेका छन् । घाइते १८ जना मध्ये थप तीनजनालाई थप उपचारको लागि भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
घाइते हुनेमा हा“डीखोला–३ का ५२ बर्षीया गोमा मगर, ३२ की ठूलीमाया थिङ, २२ की सीता दोङ, ३६ बर्षका मोधराज स्याङतान, १८ बर्षका प्रभुजन प्रजा, हा“डीखोला–४ का ६० बर्षीया ठूलीमाया डिमडुङ, ६४ बर्षकी सीता अर्याल, वर्ष ४८ का चन्द्रबहादुर थिङ, ५१ बर्षका बीरबहादुर थिङ रहेका छन् । यस्तै ४८ बर्षका हस्तबहादुर थिङ, ४२ बर्षीया ठूलीमाया थिङ, ३८ का सोमबहादुर मोक्तान, ३० बर्षाका रणबहादुर लामा, ७० बर्षीया साईलीमाया घलान र ४० बर्षकी वासना भोलन रहेका छन् । 
घाइते मध्ये ५० बर्षीया तिर्सना स्याङबो, ७० बर्षका अक्कलबहादुर भोलन र ३० बर्षका राजकुमार गोङबाको अवस्था गम्भिर रहेको र उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जानकारी
दियो ।
Powered by Blogger.