गाविस स्तरीय प्रस्तुतीकरण कार्यक्रम सम्पन्न
हेटौंडा, २१ मंसिर/ मकवानपुरको नामटार गविसका बालबालिकाहरुको भूकम्प पछिको अवस्था, भोगाई, आवश्कता र समस्याहरु सरोकारवालामाझ राखेकाछन् ।
प्लान ईनटरनेशनल नेपाल र ईन्द्रसरोबर युवा क्लबको साझेदारीमा सञ्चालित युथ रिपोर्टर परियोजना अन्तर्गत नामटार गाविसमा भएको कार्यक्रममा बालबालिकाहरुले आफ्ना समस्या तथा आवश्यकता बताएका हुन् । बालबालिकाहरुले श्रव्यदृश्य सामाग्री मार्फत भुकम्प पछि आफुहरुले भोगिरहेको समस्या, उनीहरुको ईच्छा चाहनाहरु व्यक्त गरेका थिए ।
प्रस्तुतीकरणमा बालबालिकाले जाडो मौसम आईसकेकोले अस्थायी सिकाई केन्द्रमा बसेर पठनपाठन गर्न समस्या हुने गरेको र जसको कारण आफ्नो शैक्षिक अवस्था बिग्रदै गएको गुनासो गरेका थिए । यसैगरी भुकम्पले बस्ती स्थानान्तरण भएपछि सामुहिक रुपमा बस्न अप्ठ्यारो हुने गरेको बताएकाछन् । नामटार गाविस सचिब मनोजकुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सरोकारवालाहरुले प्लान ईन्टरनेशनल नेपालले बालबालिका तथा भुकम्पको क्षेत्रमा गरेको काम प्रशंसनिय रहेको बताए ।
त्यसैगरी बालबलिकाहरुले तयार पारेका बिषयबस्तु मार्फत उनिहरुको समस्याहरु अझै प्रष्टसंग जानकार भएको बताउँदै बालबालिकाको समस्या समाधानको लागी सबै क्षेत्र एकजुट भएर अघि बढ्ने बताएकाछन् ।

