Header Ads


लोडसेडिङ घटाउन युवा संघको माग

हेटौँडा,१२पुस/मकवानपुरमा तीनवटा जलविद्युत उत्पादन गृह सञ्चालन भैइरहे पनि जिल्लालाई लोडसेडिङ्मुक्त बनाउन कसैले ध्यान नदिएको भन्दै नेकपा एमालेको युवा दस्ता युवा संघ मकवानपुरले प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ । 
युवा संघले आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियालाई ज्ञापनपत्र बुझाउदै जलविद्युत शक्ति उत्पादनको गृह जिल्ला भएको कारण पनि मकवानपुरलाई लोडसेडिङ् मुक्त गर्नुपर्ने माग ग¥यो । संघ अध्यक्ष सन्तोष चौलागाईले हस्ताक्षर गरेको ज्ञापनपत्रमा लोडसेडिङ्का कारण उद्योगहरु बन्द हुने, उत्पादन कम हुने, बेरोजगारी बढ्ने जस्ता अवस्थाको सृजना हु“दै गएको र यसबाट युवा वर्ग निराश हुनुका साथै नागरिकको जनजीवन समेत कष्टकर बन्न थालेकोप्रति ध्यान दिन आग्रह गरिएको छ । 
यस्तै संघले कुलेखानी तेस्रो जलविद्युत निर्माण कार्यमा अवरोध भइरहेकाले आवश्यक इन्धन व्यवस्थामा ध्यान दिन समेत प्रशासनलाई आग्रह गरेको छ । गत असोज महिनाबाट कुलेखानी तेस्रोको काम ठप्प भएको भन्दै त्यसलाई सुचारु गर्न आग्रह गरेको छ । बिद्युत उत्पादनको शक्ति केन्द्र रहेको मकवानपुर जिल्ला लोडसेडिङ मुक्त नभएको भन्दै जिल्ला प्रसासन कार्यालयमा ज्ञापनपत्र बुझाएपछि प्रमुख जिल्ला अधिकारी 
रामप्रसाद थपलियाले युवा संघ सहित बिद्युत प्राधिकरणका प्रमुखहरुसंग छलफल गरेका थिए । 
प्रमुख जिल्ला अधिकारी थपलियाको कार्यकक्षमा भएको छलफलमा संघले विद्युत उत्पादनको जिल्ला मकवानपुरमा लोडसेडिङ् कम गर्न माग गरेको छ । प्रमुख जिल्ला अधिकारी थपलियाले प्राधिकरणका प्रमुखहरुसंगको छलफलमा लोडसेडिङका कारण सरकारी कामकाज समेत ठप्प भएकोले समस्या समाधानको लागि पहल गर्ने सहयोग गर्ने बताए । 
प्राधिकरण महाशाखा प्रमुख प्रमुख नवराज सुवेदीले अरु जिल्लामा अहिले सातामा ७७ घण्टा लोडसेडिङ् भइरहेपनि मकवानपुरमा ५६ घण्टा मात्र भइरहेको जानकारी दिए । आफूहरु मकवानपुरमा अझै पनि लोडसेडिङ् कम गराउने पक्षमा रहेको उनको भनाई छ ।
Powered by Blogger.