संयुक्त लालपुर्जा भएका पा“च दम्पतिलाई सम्मान
हेटौँडा,१२ पुस/एचआइभी संक्रमित एवम् प्रभावितको हकअधिकारको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था, मकवानपुर महिला समूह हेटौंडाले संयुक्त लालपुर्जा भएका पा“च जोडीलाई हेटौंडामा सम्मान गरेको छ ।
समूहले सामाजिक लेखाजोखा एवम् सम्मान कार्यक्रमको आयोजना गर्दै पा“च जोडीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा हा“डीखोला–५ का सुमित्रा ओझा र सुदर्शन ओझा, तुलसा मगर र सेते आले मगर, मन्दिरा गिरी रामकृष्ण गिरी, हेटौंडा–२९ का माइलीमाया थोकर र चन्द्रबहादुर थोकर तथा हेटौंडा–२७ का हरिमाया मोक्तान र बीरमान मोक्तानको जोडी रहेका छन् ।
पा“चै जोडीलाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया, मकवानपुर महिला समूह अध्यक्ष इश्वरी बानिया“ लगायतले सम्मानपत्र, दोसल्ला र टिका लगाइदिएर सम्मान गरेका हुन् । मकवानपुर महिला समूहले अहिलेसम्म संयुक्त लालपुर्जा बनाएका ४३ जोडीलाई सम्मान गरिसकेको छ । कार्यक्रमका सहभागीले महिलाका लागि लालपुर्जा कागज मात्र नभै तागत भएकोमा जोड दिएका छन् । कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक निशा लामाले संस्थाले एक बर्षभित्र गरेको कार्यक्रम, यसको उपलब्धी र आइपरेका चुनौती तथा भावी कार्यक्रमका बिषयमा सहभागीलाई जानकारी गराएकी थिइन् ।
अध्यक्ष इश्वरी बानिया“को अध्यक्षता एवम् प्रमुख जिल्ला अधिकारी थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देल, राप्रपा क्षत्रीय अध्यक्ष सिताराम बर्तौला, महिला तथा वालवालिका कार्यालय प्रमुख शोभा शाह, हेटौंडा उपमहानगरपालिका पदमपोखरी संयुक्त वडा कार्यालय प्रमुख गंगाकुमारी चौलागाईं, गैसस महासंघ मकवानपुर अध्यक्ष कृष्ण धिताल, पत्रकार प्रताप बिष्ट, मानव अधिकार संरक्षण तथा मानव वेचविखन बिरुद्धको सञ्जाल संयोजक आरती पाठकलगायतले मन्तव्य व्यक्त गरेका
थिए ।
कार्यक्रमका वक्ताहरुले सम्पति माथि महिलाको अधिकार नभएकै कारण उनीहरु यौनजन्य हिंसा एवम् विभिन्न शोषणमा पर्ने गरेको भन्दै संयुक्त लालपुर्जा अभियान प्रभावकारी भएको बताएका थिए ।
