Header Ads


कालिकाटार मेलाको घटना प्रशासनसम्म

हेटौँडा, १२पुस/गत १० गते शुक्रबार राति मकवानपुरको कालिकाटारमा लागेको सा“स्कृतिक मेला (जात्रा) मा प्रहरीले स्थानीयलाई धरपकड गरेको भन्दै उब्जिएको विवाद जिल्ला प्रशासन कार्यालय मकवानपुरसम्म आइपुगेको छ । 
जिल्लाका राजनीतिक दल, घटनामा घाइते भएका स्थानीय र प्रत्यक्षदर्शीले घटनाबारे प्रशासन कार्यालयमा 
जानकारी गराउ“दै यस घटनामा प्रहरी दोषि रहेकोले दोषिलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । सोमबार प्रशासनमा भएको सर्वपक्षिय छलफलका सहभागीले गा“जा फ“डानी गर्ने उद्देश्यले कालिकाटार पुगेको प्रहरीले मेलामा मादकपदार्थ सेवन गरी स्थानीयमाथि ज्यादती गरेको आरोप लगाए । 
शुक्रबार राति करिब १२ बजेको जात्रामा आएका भक्तजन र गा“जा फा“ड्न गएका प्रहरीबीच झडप भएको
थियो । स्थानीय र प्रहरीबीच ढुङगा हानाहान भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास र हवाई फायरिङ समेत गरेको थियो । गँ“जा फँडानीका क्रममा कालिकाटार पुगेको प्रहरीले जात्रा अवलोकन गर्न गएका व्यक्तिलाई अनावश्यक नियन्त्रणमा लिने र सोधपुछ गर्न थालेपछि स्थिति बिग्रि“दै गएको स्थानीयको भनाई छ । मध्यरातमा शिभिलमा पुगेका प्रहरीले मादकपदार्थ सेवन गरेर अपशब्द प्रयोग गरेको, स्थानीय महिलालाई तान्दै नाच्ने र नाच्ने क्रममा स्थानीयलाई बुटले हानेपछि स्थानीयस“ग विवाद बढ्दैको र त्यसले झडपको अवस्थासम्म पु¥याएको स्थानीयको भनाई छ । प्रहरीले गरेको ज्यादती खप्न नसेकेका केही स्थानीयले प्रहरीले क्याम्प खडा गरी बसेको स्थानमा ढुङ्गा प्रहार गरेको प्रत्यक्षदर्शीको भनाई छ । 
घटनाका प्रत्यक्षदर्शी बालकुमार मल्ल, प्रदीप कालाखेती, रामचन्द्र थिङ, चेतन थिङ, ओम स्याङतान, आत्मराम मोक्तानलगायतले प्रहरीको ज्यादतीको कारण जात्रा तनावको अवस्थामा परिवर्तन भएको उनीहरुको दावी छ । तर गा“जा फडानी टोलीको कमाण्ड गरेका प्रहरी निरिक्षक डम्बर पुरीले भने घटना स्थानीयले भने जस्तो नभएको दावी गरे । उनले जात्रामा लंगुरबुर्जा र तास खेल्न प्रहरीले रोक लगाएपछि त्यसको रिसमा जात्रा आएका केही युवाले प्रहरीमाथि आक्रमण गरेको जानकारी दिए । 
उनले प्रजिअ थपलियालाई घटनाको जानकारी गराउ“दै उक्त घटना ४०÷५० बढी युवाको संख्याले सुनियोजित तरिकाबाट गराएको आरोप लगाए । प्रहरीले मदिरामा मातिएर गोली चलाएको, मेलामा रहेको पसल भित्र र घर भित्र गएर पनि मानिसलाई पिटेको स्थानीयको आरोप छ । प्रहरीले महिला र बालबालिकालाई समेत चिर्पट, है“सा प्रयोग प्रहार गरेको प्रजिअ थपलियालाई जानकारी गराएका छन् । प्रशासनले कालिकाटार जात्रामा भएको घटनाको छानबीन गर्ने र दोषीलाई कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ । 
Powered by Blogger.