Header Ads


आग्राबासीले अझै पाएनन् १५ हजार

हेटौँडा,१२पुस/बैशाख १२ गतेको विनाशकारी भूकम्प गएको आठ महिना पुगिसेकेको छ । 
यो आठ महिनाको अवधिमा समेत मकवानपुरको आग्रा गाविसका भूकम्प पीडितले राज्यको तर्फबाट दिने बताएको सहयोग रकम अझै पाएका छैनन् । पूर्ण क्षति भएकालाई १५ हजार र आंशिक क्षति भएकालाई तीन हजार रुपैंया दिने निर्णय गरेको भएपनि अझै उक्त रकम नपाएको भन्दै आग्राका भूकम्प पीडित आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुर आइपुगेका छन् । 
जिल्लाका राजनीतिक दललाई समेत संगै दिएर प्रशासन पुगेका उनीहरुले प्रमुख जिल्ला अधिकारी थपलियालाई ध्यानाकर्षणपत्र बुझाउनुको साथै करिब तीन घण्टा छलफल समेत गरेका छन् । अन्य सबै गाविस र नगरपालिकामा भूकम्प पीडितका लागि राज्यले उपलब्ध गराउने भनिएको रकम वितरण भैसकेको अवस्थामा जिल्लाको सबै भन्दा बढि क्षति भएको आग्रँका जनताले सरकारले उपलब्ध गराउनुपर्ने सहयोग रकम नपाएको भन्दै उनीहरुले प्रजिअ थपलियालाई ¥याख¥याख पारे । ‘भूकम्पले मकवानपुरमा भौतिक रुपले सबै भन्दा बढि क्षति भएको आग्रा गाविस हो तर आग्रँमै अहिलेसम्म रकम वितरण नगरिनुको कारण के हो ?’, एकीकृत नेकपा माओवादीका आग्रा सेक्रेटरी दीपक थिङले भने, ‘हामीलाई किन सौतेनी व्यवहार ? त्यहा“को तथ्याङ्क आउन ढिला भएर हो वा अरु कसैको लापरबाही ? । प्रमुख जिल्ला अधिकारी थपलियाले आग्रँ र टिस्टुङमा ‘टियर फण्ड’ र राडो नेपालले भूकम्प पीडितको सहगोगमा विभिन्न कार्यक्रम गरिरहेकोले दुई गाविसको लागि रकम नै नआएको प्रतिक्रिया दिए । प्रजिअको यस्तो जवाफ सुनेपछि अर्का स्थानीय सुमन कार्कीले कुनै संस्थाले गरेको सहयोगको कारण राज्यले दिने सुविधा कटौती हुन्छ भने त्यो सहयोग फिर्ता गर्न तयार रहेको बताए । 
‘कुनै सहयोगी संस्थाको सानो सहयोगको आधारमा राज्यले दिने सुविधा कटौती हुन्छ भने हामी एनजिओ आइएनजिओले गरेको सहयोग फिर्ता गर्न तयार छौ“’, कार्कीले भने, ‘सबै भन्दा बढि क्षति भएको स्थानमा सहयोग रकम पुग्दैन भने त्यो सहयोग कहा“ गयो सिडिओ साब ?’ अर्का स्थानीय अमर गोलेले ‘टियर फण्ड’ र ‘राडो नेपाल’ ले भूकम्प पश्चात जिल्ला दैवी प्रकोप उद्धार समिति समक्ष गरेको सहमति र प्रतिबद्धता अनुसार काम नगरेको बताए । 
प्रमुख जिल्ला अधिकारी थपलियाले राज्यको तर्फबाट आएको रकमले जम्मा १३ गाविसलाई मात्र पुगेको जवाफ दि“दै सरकारबाट रकम आए मात्र आग्रँमा वितरण गर्न सकिने बताए । प्रशासनमा ध्यानाकर्षण पत्र बुझाउनका निम्ति गाविस सचिव दशरथ गुरागाईंसहित स्थानीय राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधी, सामाजिक परिचालक, वडा नागरिक मञ्चका संयोजकलगायतको ५० जना भन्दा बढिको टोली आइतबार प्रशासन आएको हो ।
Powered by Blogger.