चण्डिका वनको साधारणसभा
हेटौँडा/भैंसे गाविसको वडा नम्बर–२ र ३ मा रहेको कालिका चण्डिका सामुदायिक वन उपभोक्ता समूहको १७ औं वार्षिक साधारणसभा भएको छ । साधारणसभामा समूह अध्यक्ष शिवराम थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शंकर थापाले आव २०७१÷०७२ को लेखापरीक्षण प्रतिवेदन र चालु आव २०७२÷०७३ का लागि करिब ५ लाख ५० हजारको अनुमानित आयव्यय बिवरण प्रस्तुत गरेका थिए । साधारणसभामा ज्येष्ठ नागरिक वीरबहादुर नगरकोटी र विष्णुमाया रानालाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।
कार्यक्रममा महिलाहरुको आर्थिक स्थितिमा सुधार ल्याउन आँपचौर, तिलडाडा र लामीडाँडा महिला समूहलाई ५÷५ हजार रुपियाँका दरले आर्थिक सहयोग उपलव्ध गराइएको थियो । सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुर सचिवालय सदस्य देवीप्रसाद दाहालको प्रमुख आतिथ्यता एवम् समूह अध्यक्ष थापाको सभाध्यक्षतामा सम्पन्न साधारणसभामा सेक्टर बन कार्यालय भैंसेका सहायक बन अधिकृत चन्देश्वर शर्मा, मध्यमाञ्चल क्षेत्रीय बन निर्देशानलयका अधिकृत नवराज पुडासैनी, समूह उपाध्यक्ष अप्सरा लामा र सञ्चारकर्मी भीमसेन पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
