अनेरास्ववियु संगठन विस्तार अभियानमा
हेटौँडा/नेकपा एमालेको बिद्यार्थी संगठन अनेरास्ववियुको २० औं महाधिवेशनको पूर्वसन्ध्यामा मकवानपुर जिल्ला कमिटी संगठन विस्तार अभियानमा जुटेको छ ।
बुधबार मकवानपुरको मनहरी–२ सुनाचुरीमा रहेको राष्ट्रिय माविमा इकँई कमिटी निर्माण गरेको छ । बिद्यार्थीहरुको भेलाले सुरज रुम्बाको अध्यक्षतामा ३१ सदस्यीय मावि इकाई कमिटी निर्माण गरेको हो ।
कमिटी उपाध्यक्षमा सुप्रिया श्रेष्ठ, सचिव सुदीप गोङ्बा, सहसचिव निर्जला तामाङ, रुपा विक र प्रकाश लामा एवम् कोषाध्यक्षमा इन्द्रबहादुर थिङ रहेका छन् ।
अनेरास्ववियु जिल्ला कमिटी सहसचिव कुमार केसीको प्रमुख आतिथ्यतामा भएको संगठन विस्तार कार्यक्रममा क्षेत्र नम्बर ४ इन्चार्ज अरुण बर्तौला, ४ नम्बर क्षत्रीय अध्यक्ष गोविन्द बर्तौला र जिल्ला कमिटी सदस्य मनेष बर्तौला र जय न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
