बोक्सिको आरोप लगाएको भन्दै पक्राउ
हेटौँडा/छिमेकीलाई बोक्सीको आरोप लगाई कुटपिट गर्र्दै विभिन्न धम्की दिएको भन्दै मकवानपुर प्रहरीले मकवानपुरगढीबाट ५ जनालाई नियन्त्रणमा लिएको छ ।
गढी–३ बस्ने एक महिलालाई सोही स्थानका केही मानिसहरुले बोक्सीको आरोप लगाई कुटपिट गरेको भन्ने
उजुरी परेपछि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा गढी–३ का ३५ बर्षीया सुकुमाया लुङ्वा, १८ की शान्तिमाया लुङ्वा, वर्ष ३८ की माईलीमाया स्याङतान, ३० बर्षीया पुर्णमाया लुङवा ६५ बर्षका निरबहादुर स्याङतान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रवक्ता, प्रहरी नायब उपरीक्षक शिशु शर्माका अनुसार उनीहरुलाई प्रहरीको टोलीले २९ गते नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
