Header Ads


नेपाल ढिलोचाडो हिन्दुराज्य हुन्छ : थापा

हेटौँडा, ०१ पुस÷भूमि सुधार राज्यमन्त्री विक्रमबहादुर थापाले नेपाल ढिलोचा“डो हिन्दुराज्य भएरै छाड्ने दाबी गरेका छन् ।
बुधबार हेटौंडा–५ पिप्लेमा रहेको रुदे्रश्वर मन्दिरको प्रचारप्रसार एवम् धार्मिक पर्यटन विकासको निम्ति आयोजना गरिएको श्री महालक्ष्मी यज्ञानुष्ठानको उद्घाटन गर्दै उनले ८१ प्रतिशत हिन्दु धर्मावलम्वीको बसोबास रहेको नेपाल ढिलोचा“डो हिन्दु राज्य भएरै छाड्ने बताएका हुन् । राज्य मन्त्री थापाले संविधानसभामा राप्रपा नेपालको पक्षमा कम सिट भएका कारण हिन्दु राष्ट्र कायम गर्न नसकिएको बताए ।
‘नेपाल यस अघि पनि सनातन हिन्दु राष्ट्र थियो र फेरि पनि हुनुपर्छ, तपाई“हरुले दिएको मत थोरै भएका कारण यो संविधानमा हिन्दुराष्ट्र कायम गर्न सकेनौ“’, उनले भने, ‘एकदिन नेपाल हिन्दुराष्ट्र हुनेछ यसमा हामी विश्वस्त छौ“ ।’ हिन्दु धर्मप्रति पछिल्ला समय आक्रमण भैरहेको भएपनि त्यससंगै भावना एवम् माया समेत बढ्दै गएको राज्यमन्त्री थापाको दावी छ । उनले मुलुकमा बनेको संविधान सबैले मान्नुपर्ने तर्क गर्दै आफूलाई मन नपरेको संविधानको बु“दामा जनताको मत लिएर परवर्तन गर्न सकिने बताए । संविधान जारी गर्ने कार्यमा सम्पूर्ण राजनीतिक दल मिले झै“ नेपालको राष्ट्रियता र धर्म जोगाउने कार्यमा समेत सर्ब मिल्नु अहिलेको टड्कारो आवश्यकता भएको उनको भनाई छ । आम नेपालीमा आफ्नो दुःख र परिश्रम नपरेको वस्तुको माया नहुने गलत परिपाटी रह“दै आएको भन्दै उनले मन्दिरको प्रचारप्रसार एवम् स्तरोन्नतीको निम्ति आयोजना गरिएको कार्यक्रममा सहयोग गर्नका निम्ति सबैलाई अनुरोध गरे ।
‘यो हाम्रो हो भन्ने धारणाको विकासको निम्ति पनि यो पुणित कार्यमा तपाईं सबैको सहयोग आवश्यक छ’, उनले भने । यज्ञानुष्ठान मूल आयोजक समिति संयोजक राजेश बानिया“को अध्यक्षतामा भएको उद्घाटन समारोहमा वाचक जानुका रा.दा अधिकारी, ओम बाबा, नेपाली का“ग्रेस मकवानपुर सभापति रघुरमण न्यौपाने, हेटौंडा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुदेब पोखरेल, उद्योग संघ मकवानपुरका सचिव बासु कार्की, रुद्रेश्वर क्षेत्र मन्दिर पर्यटन विकास समितिले महायज्ञ सफलताको कामना गरेका थिए । कार्यक्रममा रुद्रेश्वर क्षेत्र मन्दिर पर्यटन विकास समितिका अध्यक्ष राजीव सुवेदीले स्वागत गरेका थिए । यज्ञानुष्ठानको लागि एकलाख एकहजार एकसय एक रुपैंया सहयोग गर्दै उद्योग संघ मकवानपुरका सचिव बासु कार्कीले सहयोग कार्यको उद्घाटन गरेका छन् ।
यज्ञानुष्ठानको उद्घाटन अघि हेटौंडाको राप्तितटमा रहेको गोरक्षश्वर मन्दिर नजिकबाट कलशयात्रा समेत निकालिएको थियो । प्रहरी, सेना एवम् विभिन्न टोल विकास समितिका सदस्य र स्थानीयको सहभागिता रहेको कलशयात्रा बजार परिक्रमा पश्चात यज्ञानुष्ठान आयोजना स्थलमा पुगेको थियो ।
Powered by Blogger.