भुकुम्पले भन्दा नाकाबन्दीले मुलुक तहसनहस
हेटौँडा,०१पुस/बैशाखको विनाशकारी भूकम्पले भन्दा भारतले गरेको नाकाबन्दीले देशको आर्थिक क्षेत्र तहसनहस भएको भूमि सुधार राज्यमन्त्री विक्रमबहादुर थापाले बताएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघले उनी हेटौंडा आएको समयमा बुधबार गरेको स्वागत तथा सम्मान कार्यक्रममा राज्यमन्त्री थापाले भूकम्पले भन्दा नाकाबन्दीले देशको आर्थिक क्षेत्रलाई बढी तहसनहस पारेको दोहो¥याए् । नाकाबन्दीका कारण कर, राजस्व संकलनका ज्यादै कमी आएको बताउ“दै उनले भने, ‘नाकाबन्दीले कुनै एक क्षेत्रलाई मात्र असर गरेको छैन, देशकै ढाड भा“चिएको छ ।’ थापाले अर्थतन्त्र
नकारात्मक दिशातर्फ जा“दा देशले धेरै घाटा सहनु पर्ने बताए । ‘भूकम्पको मारबाट उठ्दा नउठ्दै नाकाबन्दी भएको छ, यो अवस्थामा नेपाली जनताको सहनशीलतालाई मान्नैपर्छ’, राज्यमन्त्री थापाले भने ।
संविधानको धेरै बिषयमा चित्त नबुझेपनि राप्रपा नेपालले यसलाई स्वीकार गरेको तर्क गर्दै उनले संविधानप्रति असन्तुष्ट रहेका दललाई जनताबाट बहुमत लिएर संशोधनको प्रक्रियामा आउन अनुरोध गरे । दिउ“सो बन्द गर्ने र राती सामान भित्र्याउनेहरु समेत रहेको भन्दै उनले नाकाबन्दीका कारण इमान्दारले मात्र समस्या खेप्न परेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष अरुणराज सुमार्गीले जिल्लाको भौगोलिक अवस्था र उद्योग व्यवसायको अवस्थाबारे मन्त्री थापालाई जानकारी गराएका थिए ।
‘मधेशमा भएको आन्दोलनका कारण नेपालकै ठूलो औद्योगिक क्षेत्रलाई ठूलो असर परेको छ । यहा“का समस्या समाधानका लागि सरकारले पहल गर्न जरुरी छ’,’ सुमार्गीले राज्यमन्त्री थापालाई आग्रह गर्दै भने, ‘देशभरको भूमिको योजनाबद्ध ढंगबाट प्रयोग गर्नका लागि भू–उपयोग नीतिअनुसार काम गर्ने व्यवस्था मिलाउन आवश्यक छ ।’मकवानपुर उद्योग बाणिज्य संघ अध्यक्ष राजकुमार न्यौपानेले नाकाबन्दीका कारण उद्योगी व्यवसायीले खेप्नुपरेको समस्याको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, कार्यसमिति पदाधिकारी, उद्योगी, व्यवसायी र विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति थियो ।
