Header Ads


महालक्ष्मी यज्ञानुष्ठानको तयारी अन्तिम चरणमा

हेटौँडा, २७ मंसिर/हेटौंडा–५ मा रहेको रुदे्रश्वरको प्रचारप्रसार, धार्मिक पर्यटनको विकासको निम्ति आयोजना गर्न लागिएको श्री महालक्ष्मी यज्ञानुष्ठानको तयारी अन्तिम चरणमा पुगेको छ ।
आयोजक रुद्रेश्वर क्षेत्र मन्दिर पर्यटन विकास समितिले आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै यज्ञानुष्ठान आयोजनाको उद्देश्य, हालसम्म भएको तयारी र बा“की रहेको कार्यको बिषयमा जानकारी दिएको हो । मन्दिरको प्रचारप्रसारसंगै उक्त क्षेत्रलाई आध्यात्मिक तथा पर्यटकीय पार्कको रुपमा विकास गर्ने, मन्दिर क्षेत्रमा आवश्यक भौतिक पूर्वाधारको विकास गर्नका निम्ति आर्थिक संकलन गर्ने उद्देश्यले यज्ञानुष्ठानको आयोजना गरिएको यज्ञानुष्ठान मूल आयोजक समिति संयोजक राजेश बानिया“ले जानकारी 
दिए । ३१ दिनसम्म चल्ने यज्ञानुष्ठान सिताराम विवाह पञ्चमीको दिन पुष १ गतेबाट सुरु भै माघ १ गतेसम्म सञ्चालन हुनेछ । 
यज्ञानुष्ठानको तयारी स्वरुप हालसम्म मन्दिर सम्म गाडी पुग्ने बाटो मर्मत, मन्दिर क्षेत्रको सफाई, रंगरोगन, हवन कुण्ड र रुद्रेश्वर सरोवरको निर्माण कार्य सकिएको रुद्रेश्वर क्षेत्र मन्दिर पर्यटन विकास समिति अध्यक्ष राजीव सुवेदीले जानकारी दिए । उनका अनुसार टोल विकास समितिलाई पालो लगाई दैनिक पूजा सामाग्रीको व्यवस्थापन तथा आरतिको व्यवस्थापन, स्थानीय टोल विकास संस्थाका सदस्य र प्रहरी सेनाको सहयोगमा सरसफाई र अन्य कार्यहरु दैनिक ज्यालादारीमा समेत भैरहेको छ । पुष १ गतेबाट सुरु हुने यज्ञानुष्ठानको सोही दिन बिहान ८ बजे गोरक्षेश्वर राप्तितटबाट कलश यात्रा सुरु हुनेछ भने १० बजे उद्घाटन हुने बताइएको छ । 
३१ दिनसम्म दैनिक श्रीराम एवम् महालक्ष्मी कथावाचन, सवालाद श्री मन्त्रद्धारा कुमकुम अर्चना, महालक्ष्मीमन्त्र द्धारा सभाकरोड अर्चना, सभालाख आहुती रहेको यज्ञानुष्ठानका संकल्पकर्ता श्री स्वामी लक्ष्मीनारायणाचार्यले जानकारी दिए ।
Powered by Blogger.